free website hit counter

अमेरिकी नागरिक पोखरामा मृत भेटिए

beemaadmin
२०७६ चैत्र ५, बुधबार

पोखरा । नेपाल घुम्न आएका अमेरिकी नागरिक मार्क स्कोनि फिल्डको पोखरामा मृत्यु भएको छ । बिहान करिब ९ बजे लेकसाइडको एक होटलमा उनको शव फेला परेको प्रहरीले जनाएको छ । ७० वर्षीय मार्क बसेकै होटलको कोठामा मृत अवस्थामा फेला परेका थिए । गण्डकी प्रदेश प्रहरी कार्यालयका अनुसार उनको पासपोर्ट नम्बर ५९५६२४७१२ रहेको छ । उनी पोखरा महानगरपालिका ६ डिहिकोपाटन स्थित भिलेज इन होटलमा ७ दिनदेखि बस्दै आएका थिए । उनको शवलाई स्वदेश फिर्ता पठाउने तयारी भइरहेको प्रहरीको भनाई छ ।

सम्बन्धित समाचार

बालेनको मत ३९ हजार नाघ्यो

beemaadmin
२०८२ फाल्गुन २३, शनिबार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार