बलिउड चलचित्र उद्योगले अर्को क्षति व्यहोरेको छ । मराठी अभिनेता आशुतोष भाकरेले आत्महत्या गरेका छन् । स्रोतका अनुसार आशुतोषले महाराष्ट्रको नान्देडस्थित आफ्नो घरमा झुण्डिएर आत्महत्या गरेका हुन् ।
प्रहरीका अनुसार आशुतोषको शव नान्देडस्थिती उनको बंगलामा झुण्डिएको अवस्थामा फेला परेको हो । आशुतोष एक महिना अघि मात्रै नान्देड आएका थिए । मराठी फिल्म इन्डिष्ट्रिमा आशुतोषको निधनले ठूलो क्षति पुगेको बताइएको छ । आशुतोषको अचानक मृत्यु भएको खबर उनका प्रशंसक शोकमा छन् ।
उनले आत्महत्या गर्नुको कारण पनि खुल्न सकेको छैन । आशुतोष फिल्म तथा टिभी अभिनेत्री मयुरी देशमुखका श्रीमान् थिए । २१ जनवरी २०१६ मा मयुरी र आशुतोष विवाह बन्धनमा बाँधिएका थिए ।