free website hit counter

अर्को ठूलो मर्जरको अन्तिम सम्झौता

beemaadmin
२०७९ मंसिर १४, बुधबार

काठमाडौं । अर्का दुई ठूला बैंकबीच मर्जरमा जाने अन्तिम सम्झौता भएको छ । नेपाल इन्भेष्टमेन्ट लिमिटेड र मेगा बैंक लिमिटेडबीच मर्जर सम्बन्धी अन्तिम सम्झौता स्वीकृत भएको हो । दुबै बैंक सञ्चालक समितिको मंसिर १३ गते बसेको बैठकले मर्जरको प्रकृयाको लागि तयार भएको अन्तिम सम्झौता स्वीकृत भएको हो । नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंकबीच गत जेठ २७ गते मर्जर सम्बन्धी सम्झौता भएको थियो । दुई बैंकबीच १००ः९० को स्वाप रेसियोमा मर्जर सम्झौता भएको हो ।
हाल नेपाल इन्भेष्टमेन्ट बैंकको चुक्ता पुँजी १८ अर्ब ३१ करोड र मेगा बैंकको १६ अर्ब १२ करोड रुपैयाँ रहेको छ । मर्जरपछि बन्ने बैंकको अध्यक्ष पृथ्वीबहादुर पाँडे र प्रमुख कार्यकारी अधिकृत ज्योति पाण्डे बन्ने सहमति भएको छ भने बैंकको नाम नेपाल इन्भेष्टमेन्ट मेगा बैंक रहने सहमति भएको छ ।

सम्बन्धित समाचार

सुनको मूल्य तोलामा ३८ सयले बड्यो

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार

यस वर्षको बजेटमा बीमा उपेक्षित नहोस्

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार

समानुपातिकमा यस्तो छ दलहरुको अवस्था

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार