काठमाडौं । मुलुकको राजनीतिक परिस्थित सङ्लिने क्रममा रहेका बेला नेपाल धितोपत्र बोर्डले नेपाल स्टक एक्सचेन्ज नेप्सेलाई आउने असोज २ गते बिहीबारसम्म शेयर कारोबार बन्द गर्न निर्देशन दिएको छ। अब शेयर कारोबार आउने असोज ५ गते आइतबार मात्रै खुल्ने छ। बोर्डेले आउने असोज २ गतेसम्म शेयर कारोबार बन्द गर्न हामीलाई निर्देशन दिएको छ। अब आउने ५ गते देखि मात्रै शेयर कारोबार हुने छ, नेप्सेका प्रवक्ता मुराहरि पराजुलीले बताएका छन् । अब परिस्थिति सामान्य बनेमा खण्डमा असोज ५ गते आइतबार बजार खुल्नेछ। यो भनेको दसैँको घटस्थापनाको अघिल्लो दिन हो। जेनजी आन्दोलनका कारण गत भदौ २४ गते मङ्गलवारदेखि शेयर बजार बन्द छ।