free website hit counter

आइएमई जनरलको लाभांश प्रस्ताव

beemaadmin
२०७९ मंसिर ६, मंगलवार

काठमाडौ । गत आर्थिक वर्षको मुनाफाबाट आइएमई जनरल इन्स्योरेन्सले लाभांश प्रस्ताव गरेको छ । कम्पनी सञ्चालक समितिको मंसिर ५ गते बसेको बैठकले ६.८४ प्रतिशत लाभांश प्रस्ताव गरेको हो । कम्पनीले आर्थिक वर्ष २०७८–७९ को वितरण योग्य मुनाफाबाट हाल कायम चुक्ता पूँजी १ अर्ब ७० करोड १६ लाख रुपैयाँको ६.५० प्रतिशतले हुन आउने ११ करोड ६ लाख रुपैयाँ बराबरको बोनस शेयर र कर प्रयोजनको लागि ०।३४ प्रतिशतले हुने आउने ५८ लाख २१ हजार रुपैयाँ नगद लाभांश प्रस्ताव गरेको हो । उक्त लाभांश नेपाल बीमा प्राधिकरणको स्वीकृती पश्चात आगामी साधारण साभाले पारित गरेपछि शेयरधनीले पाउनेछन् ।

सम्बन्धित समाचार