free website hit counter

आइएमई जनरल इन्स्योरेन्सद्वारा लाभांश प्रस्ताव

beemaadmin
२०७८ फाल्गुन ५, बिहीबार

काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई लाभांश प्रस्ताव गरेको छ । कम्पनी संञ्चालक समितिको फागुन ५ गते बसेको बैठकले लाभांश प्रस्ताव गरेको हो । कम्पनी संञ्चालक समितिको बैंकले गत आर्थिक वर्षको मुनाफाबाट हाल कायम चुक्ता पूँजी १ अर्ब १५ करोड ७५ लाख ८६ हजार रुपैयाँको ७ प्रतिशतले हुन आउने ७ प्रतिशतका दरले हुने आउने ८ करोड १० लाख रुपैयाँ बराबरको बोनस शेयर र कर प्रयोजनको लागि ०।३७ प्रतिशतका दरले हुन आउने ४२ लाख ४६ हजार रुपैयाँ बराबरको नगद लाभांश प्रस्ताव गरेको हो । उक्त लाभांश बीमा समितिको स्वीकृति पश्चात आगामी वार्षिक साधारण सभाले पारित गरेपछि शेयरधनीले पाउनेछन् ।

सम्बन्धित समाचार