free website hit counter

आइएमई लाइफको सबै सूचकमा देखियो प्रगति

beemaadmin
२०८२ बैशाख २१, आईतवार

काठमाडौं । अग्रणी जीवन बीमक आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०८१–८२ को तेस्रो त्रैमाससम्ममा ३६ करोड ६३ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ३३ करोड १५ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। अघिल्लो आर्थिक वर्षको तुलनामा समीक्षा अवधिमा कम्पनीको नाफामा १० दशलमव ४९ प्रतिशतले बढी हो । समीक्षा अवधिमा कम्पनीले ३ अर्ब ७३ करोड ९ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले ३ अर्ब २९ करोड १५ लाख कुल बीमाशुल्क आर्जन गरेको थियो। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा कम्पनीको कुल बीमाशुल्क आर्जन १३ प्रतिशतले बढेको हो । समीक्षा वर्षमा कम्पनीले ३ अर्ब ६० करोड ३३ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्षको तुलनामा समीक्षा वर्षमा खुद बीमाशुल्क आर्जन १५ प्रतिशतले बढेको हो । अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले ३ अर्ब ११ करोड ५६ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो। समीक्षा अवधिमा कम्पनीले पुनर्बीमा मार्फत १२ करोड ७६ लाख रुपैयाँ खर्चिएको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले पुनर्बीमा मार्फत १७ करोड ५८ लाख रुपैयाँ खर्चिएको थियो । समिक्षा अवधिमा कम्पनीले अभिकर्ता कमिशनमा ३३ करोड ५९ लाख रुपैयाँ खर्चिएको छ । अघिल्लो वर्षको यसै अवधिमा कम्पनीले अभिकर्ता कमिशनमा ३१ करोड १७ लाख खर्चिएको थियो । गत वर्षको तुलनामा समीक्षा अवधिमा कम्पनीले अभिकर्ता कमिशनमा बढी रकम खर्चिएको हो । कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी ९ रुपैयाँ ७७ पैसा छ । कम्पनीको प्रतिशेयर नेटवर्थ १३२ रुपैयाँ ६७ पैसा रहेको छ। पीई रेसियो ४७.३३ गुणा रहेको छ ।
समीक्षा अवधिसम्ममा कम्पनीको शेयर पुँजी ५ अर्ब रुपैयाँ रहेको छ । कम्पनीको रिटेन्ड अर्निङमा ४२ करोड ५६ लाख रुपैयाँ रहेको छ । महाविपत्ती कोषमा २२ करोड ९८ लाख रहेको छ । अन्य इक्विटीमा ४५ करोड ४२ लाख रुपैयाँ रहेको छ । कम्पनीको जीवन बीमा कोषको आकार ११ अर्ब ८४ करोड रहेको छ ।

सम्बन्धित समाचार

रास्वपाको यात्रा दुई–तिहाइतर्फ

beemaadmin
२०८२ फाल्गुन २३, शनिबार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार