free website hit counter

आइएमई लाइफ इन्स्योरेन्समा आबद्धले आमा हस्पिटलमा ५० प्रतिशतसम्म छुट पाउने

beemaadmin
२०८२ असार ७, शनिबार

काठमाडौं । नेपालको अग्रणी जीवन बीमा कम्पनी आइएमई लाइफ इन्स्योरेन्स कम्पनीका बीमित, अभिकर्ता तथा कर्मचारीहरुलाई अब आमा हस्पिटलमा उपचारसेवा लिदा ५० प्रतिशतसम्म छुट प्राप्त हुने भएको छ । जसअन्तर्गत क्यबिन बेड मा ५० प्रतिशत, जनरल बेडमा ३० प्रतिशत र हस्पिटलका अन्य सेवामा २० प्रतिशत साथै आकस्मिक एम्बुलेन्स सेवामा कुनै शुल्क नलाग्ने जनाइएको छ । साथै, हेल्थ चेकअप प्याकेजमा ४० प्रतिशतको विषेश सहुलियत दिने भएको छ। उक्त छुट सुविधा प्राप्त गर्नका लागि कम्पनीका बीमितले कम्पनीको मोबाइल एपमा रहेको प्रिभिलेज कार्ड देखाइ छुट सुविधा लिन सक्नेछन् ।अभिकर्ता तथा कर्मचारीले कम्पनीले जारी गरेको आधिकारिक परिचयपत्र पेसगरि उक्त छुट सुविधा को लाभ लिन सक्नेछन् । कम्पनीले यस्ता व्यावसायिक सम्बन्धमा निरन्तर बिस्तार गरि सेवालाई थप प्रभावकारि र स्तरिय बनाउँदै कम्पनीका बीमित अभिकर्ता तथा कर्मचारीहरूलाई निरन्तर लाभ र सकारात्मक ऊर्जा प्रदान गर्नेछ ।

सम्बन्धित समाचार

बालेनको मत ३९ हजार नाघ्यो

beemaadmin
२०८२ फाल्गुन २३, शनिबार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार