free website hit counter

आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सको सिइओमा श्रेष्ठ नियुक्त

beemaadmin
२०८० जेष्ठ १०, बुधबार

काठमाडौं । आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सिइओ) पदमा युगेशभक्त बादे श्रेष्ठ नियुक्त भएका छन्। श्रेष्ठको नियुक्तिको लागि कम्पनीको संचालक समितिको वैशाख २७ गतेको बैठकले नियुक्ति सिफारिस गरी स्वीकृतिको लागि नेपाल बीमा प्राधिकरणमा पेश गरेको थियो । कम्पनीको नियमनकारी निकाय नेपाल बीमा प्राधिकरणबाट जेठ ५ को पत्र मार्फत स्वीकृति प्राप्त भई कम्पनीको जेठ ९ गते बसेको संचालक समितिको बैठकमा युगेशभक्त बादे श्रेष्ठले कम्पनीका अध्यक्ष हेमराज ढकालबाट शपथ ग्रहण गरे । उक्त अवसरमा कम्पनीको संचालक समिति तथा व्यवस्थापनबाट युगेशभक्त बादे श्रेष्ठलाई सफल कार्यकालको शुभकामना व्यक्त गरियो ।

सम्बन्धित समाचार

सुनको मूल्य तोलामा ३८ सयले बड्यो

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार

यस वर्षको बजेटमा बीमा उपेक्षित नहोस्

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार

समानुपातिकमा यस्तो छ दलहरुको अवस्था

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार