free website hit counter

आइपिओ निष्काशनको तयारीमा झापा ईनर्जी

beemaadmin
२०८० असार ३०, शनिबार

काठमाडौं । झापा ईनर्जी लिमिटेडले सर्वसाधारणलाई आइपिओ निष्काशन गर्ने भएको छ । कम्पनीले ६ लाख ६६ हजार ६०० कित्ता शेयर निष्काशन गर्नको लागि निष्काशन तथा बिक्री प्रबन्धकमा सिभिल क्यापिटल मार्केट लिमिटेडलाई नियुक्त गरेको छ । शुक्रबार झापा ईनर्जी पिङ्गलास्थानमा एक कार्यक्रमका बिच कम्पनीले सिभिल क्यापिटल मार्केट शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको हो । सम्झौता पत्रमा झापा ईनर्जीका प्रबन्ध निर्देशक सुवास भट्टराई तथा सिभिल क्यापिटल मार्केटका निमित्त प्रमुख कार्यकारी अधिकृत शोभना घिमिरेले हस्ताक्षर गरेका हुन् । सर्वसाधारणका (स्थानीय, कर्मचारी, वैदेशिक रोजगारीमा रहेका नेपाली सहित) लागि जारी हुने शेयर ६ करोड ६६ लाख ६० हजार रुपैयाँ रकम बराबरको ६ लाख ६६ हजार ६०० कित्ता शेयर सर्वसाधारणमा निष्काशन गर्नका निम्ति नेपाल धितोपत्र बोर्ड समक्ष आवश्यक प्रक्रिया पुरा गरी शेयर निष्काशनको लागि आवेदन दिने योजना रहेको छ । यस कम्पनीले शिवसताक्षी–४ झापामा १० मेगावाटको ग्रिड जडान सौर्य ऊर्जा आयोजनाले निर्माण गरिरहेको, आयोजना कम्पनीको बिकास गर्न २२ बिघा जग्गा खरिद गरेको जानकारी कम्पनीका वित्तीय परामर्शदाता कमल पनेरुजीले दिएका छन् । आयोजनाको हालसम्म ८० प्रतिशत भौतिक कार्य प्रगति हासिल भएको छ र आयोजना आश्विन २०८० मा सुरु हुने अपेक्षा गरिएको छ । निर्माण अवधिको ब्याजसहित कुल परियोजना लागत ७९.९० करोड रूपैयाँ छ । आयोजना निर्माणका लागि माछापुच्छ्रे बैंक र हिमालयन बैंक (साविक सिभिल बैंक लिमिटेड) को नेतृत्वमा रहेको कन्सोर्टियमले ५९ करोड ९० लाख रुपैंया आर्थिक सहयोग गरिनेछ । साथै कम्पनीले नेपाल विद्युत प्राधिकरणसँग २५ वर्षके लागि प्रतियुनिट ७।३० रुपैँयामा विद्युत खरिद सम्झौता पीपीए गरेको छ । टोटल एनुयल कन्ट्र्रयाक्ट इनर्जी १७.६१ रहेको छ । ९६० मिटर ३३ केभीए प्रसारण लाईनबाट सञ्चालनमा रहेको प्राधिकरणको पाँचगाँची सबस्टेसनबाट विद्युत निकालिनेछ ।

सम्बन्धित समाचार