free website hit counter

आईएमई लाइफको ‘बाल किरण’ धेरैको रोजाईमा

beemaadmin
२०७९ असार १३, सोमबार

काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्सले आईएमई बालकिरण जीवन बीमा योजना सर्वाधिक बिक्री भएको जनाएको छ । कम्पनीले आज एक विज्ञप्ती जारी गर्दै उक्त बीमा योजना बिमितहरुमाझ लोकप्रिय हुँदै आएको र पछिल्लो समयमा उल्लेख्य संख्यामा बिक्रि हुने बीमालेख भएको सार्वजनिक गरेको हो । बच्चाको जन्म लगत्तै लिन सकिने सो बीमा योजनामा बालबालिका तथा अभिभावक दुवैको पूर्ण अवधिकालागि अधिकतम जोखिम रक्षावरण सहित चौथो बर्षदेखि नै प्रत्येक बर्ष बीमा रकम फिर्ता हुँदै आउने जनाएको छ ।
प्रत्येक बर्ष फिर्ता हुने रकमले अभिभावकहरुलाई बच्चाको विद्यालय भर्ना तथा अध्ययन खर्चमा सहयोगी भूमिका खेल्ने भएपछि पछिल्लो समय सो बीमा योजना उल्लेख्य मात्रामा बिक्री भएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत कवि फुयाँलले जानकारी दिए । उनका अनुसार अभिभावक तथा नव अभिभावकहरुको लागि अत्यन्त उपयुक्त तथा सहज सो बीमा योजनामा आफ्नो आवश्यकता अनुसारको बीमा अवधि छनौट गर्न सकिने, दुर्घटना तथा बीरामीको थप जोखिम वहन हुने तथा एउटै बीमामा दोहोरो जीवनको बीमा हुनेछ ।

सम्बन्धित समाचार

सुनको मूल्य तोलामा ३८ सयले बड्यो

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार

यस वर्षको बजेटमा बीमा उपेक्षित नहोस्

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार

समानुपातिकमा यस्तो छ दलहरुको अवस्था

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार