काठमाडौं । अग्रणी जीवन बीमक आईएमई लाइफ इन्स्योरेन्सको बिजनेस एक्सेलेन्स अवार्ड २०२५ सम्पन्न भएको छ । आर्थिक वर्ष २०८१–०८२ मा उत्कृष्ट व्यावसायिक प्रदर्शन गर्ने आफ्ना अभिकर्ताहरूलाई सम्मान गर्ने उद्देश्यले बिजनेस एक्सेलेन्स अवार्ड २०२५ को आयोजना गरिएको हो । उक्त कार्यक्रममा कम्पनीका सञ्चालक समिति सदस्यहरू, प्रमुख कार्यकारी अधिकृत, नायब प्रमुख कार्यकारी अधिकृतहरू, चिफ मार्केटिङ अफिसरहरू, प्रदेश प्रमुखहरू तथा अन्य कर्मचारीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।

कम्पनीले अभिकर्ताहरूको व्यवसायिक उत्कृष्टता, समर्पण र निरन्तरताको कदर गर्दै उनीहरूलाई विशेष सम्मान प्रदान गरेको हो । कार्यक्रममा नेपालमै निर्मित आँखीझ्याल शैलीको विशेष अवार्डमार्फत स्वदेशी उत्पादनको प्रवर्द्धनसमेत गरिएको थियो ।समारोहका प्रमुख वक्ता तथा आईएमई लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत पवनकुमार खड्काले कम्पनीको सफलता अभिकर्ता तथा कर्मचारीहरूको निरन्तर सहकार्यको प्रतिफल भएको उल्लेख गरे । उनले आगामी दिनमा कम्पनीलाई अझ प्रविधिमैत्री, बीमितमुखी तथा अभिकर्ताकेन्द्रित सेवा प्रदायक संस्थाको रूपमा अघि बढाइने स्पष्ट पार्दै समारोहको समापन गरे । कार्यक्रमले कम्पनी र अभिकर्ता समुदायबीचको सम्बन्धलाई अझ मजबुत बनाएको बताइएको छ ।