free website hit counter

आईएमई लाईफ इन्स्योरेन्सद्वारा मृत्यु दावी भुक्तानी

beemaadmin
२०७८ मंसिर २, बिहीबार

काठमाडौं । आईएमई लाईफ इन्स्योरेन्स कम्पनिको जुम्ला शाखाले बीमितको निधनपछि मृत्युदाबी भुक्तानी गरेको छ । जिल्लाको कनकासुन्दरी गाउँपालिका ३ ओखरपाटा गौरी निवासि स्वर्गीय धौली बुढाले २०७६ सालमा रु ५००००० बीमाङ्ककोको बीमा गर्नु भएको थियो । मिति २०७८ भदौ महिनामा असायमिक मृत्युु भएकोले मृत्यु दाबी बापतको रकम स्थानीयको उपस्थितिमा शाखा प्रमुख बुद्धि तामाङ्ग र कनकासुन्दरी गाउपालिका ३ का वडा सदस्य बिजु नेपालिको हातबाट छोरा जोबन बुढालाई रु ५,४६,५०० (पाँच लाख छयालिस हजार पाँच सय रुपैया) को चेक हस्तान्तरण गर्नु भएको थियो। निधन पछिको काजकिरिया सकिए पश्चात् छोरा जोबन बुढाले कम्पनीको जुम्ला शाखामा मृत्युको जानकारी गराउनुभएको थियो ।
कम्पनिलाई जानकारी गराएको छोटो समयमै बिना झन्झट मृत्युु दाबी पाएकोले मृतकका छोरा जोबन बुढाले कम्पनिका सम्पुर्ण कर्मचारिलाई धन्यबाद ब्यक्त गर्नु भएको थियो । साथै उक्त कार्यक्रममा बोल्दै कनका सुन्दरी गाउपालिका ३ का वडा सदस्य बिजु नेपालिले समयमै जीवन बीमा गरे भबिस्यमा हुने भवितव्य आर्थिक जोखिम न्यूनीकरण गर्न सहज हुने तथा आफ्नो अभाबमा आफ्ना आश्रीत परिवारलाई आर्थिक जोखिम कम गर्न महत्त्वपूर्ण हुने भएकोले सबैले जीवन बीमा गर्नु अनिबार्य भएको भनी जिकिर गर्नुभयो ।
कार्यक्रममा बोल्दै आई एम ई लाईफ इन्स्योरेन्स कम्पनीका जुम्ला शाखा प्रमुख बुद्धि तामाङ्गले बिमा बचत र सुरक्षा मात्र नभइ कम्पनी प्रतिको बिश्वास पनि हो र आज हामी उक्त बिश्वासलाई थप मजबुत गराउन सफल भएको जिकिर गर्नुभएको थियो। कार्यक्रममा जुम्ला शाखाका कर्मचारी, एजेन्सी म्यानेजर, वडा प्रतिनिधि, साथै स्थानीयको उपस्थिति थियो ।

सम्बन्धित समाचार

आइएमई लाइफको सिइओमा खड्का नियुक्त

beemaadmin
२०८१ मंसिर १४, शुक्रबार

काठमाडौँमा शुरु भयो रविको बयान

beemaadmin
२०८१ मंसिर १४, शुक्रबार