free website hit counter

आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सद्वारा ३३ लाख दाबी भुक्तानी

beemaadmin
२०८० भाद्र २१, बिहीबार

काठमाण्डौ । आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीले बीमा दाबी भुक्तानी गरेको छ। कम्पनीको डडेल्धुरा शाखा कार्यालयले पहिरोबाट क्षतिग्रस्त डडेल्धुराको तुफानडाँडास्थित एलिसा हार्डवेयर एन्ड सप्लायर्सलाई बीमा दाबीबापतको रकम प्रदान गरेको हो। आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स डडेलधुराका शाखा प्रबन्धक दीपक भट्टराईले हार्डवेयरका प्रोपाइटर यक्षराज पाण्डेयलाई ३३ लाख रुपैयाँ बीमांक रकमको बीमा दाबी भुक्तानी गरेका हुन्। डडेलधुरा शाखाले एकै महिनामा दुईवटा क्लेम सेटल गरिसकेको छ। यसअघि कम्पनीले डडेल्धुराकै शैपाल अटोमोबाइल्स प्रालिका राजबहादुर रोकायालाई बीमा दाबीबापत ३९ लाख रुपैयाँ भुक्तानी गरेको थियो।

सम्बन्धित समाचार

बालेनको मत ३९ हजार नाघ्यो

beemaadmin
२०८२ फाल्गुन २३, शनिबार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार