free website hit counter

आईपीओ र हकप्रदको स्वीकृति अर्को साताबाट धमाधम

beemaadmin
२०८१ मंसिर १६, आईतवार

काठमाण्डौ । नेतृत्व अभावमा नेपाल धितोपत्र बोर्डमा अलपत्र परेका आइपीओ जारी गर्ने प्रस्तावका फाइल अब विस्तारै अघि बढ्ने भएका छन् । बोर्डका अध्यक्ष सन्तोषनारायण श्रेष्ठले विगत ११ महिनादेखि पाइपलाइनमै अलपत्र परेका दर्जनौं कम्पनीको प्राथमिक, थप र हकप्रद सेयर निश्कासनको प्रक्रिया चाँडै सुरु गरिने बताएका छन् ।
बिजशालासँग कुरा गर्दै अध्यक्ष श्रेष्ठले आफूले दैनिकजसो विभिन्न विभागहरुबाट ब्रिफिंग लिने काम गरिरहेको भन्दै सम्भवतः अर्को साताबाट अड्किएका प्राथमिक निश्कासन, थप निश्कासन र हकप्रदका कामहरु प्राथमिकताका आधारमा अगाडि बढाउने प्रष्ट पारेका छन् । अर्को साताबाट अड्किएका आईपीओहरु आउन कुरामा अध्यक्ष श्रेष्ठले विश्वासदिलाएका छन् । पछिल्लो ११ महिनादेखि ७६ वटा कम्पनीको करिब ५० अर्ब रुपैयाँ बराबरको आईपीओ पाइपलाइनमै अलपत्र छन् । यस्तै, १९ वटा कम्पनीको करिब १२ अर्ब रुपैयाँ बराबरको हकप्रद निश्कासनको प्रस्ताव समेत बोर्डमै थन्किएको छ। विभिन्न १० कम्पनीका ऋणपत्रको प्रस्ताव समेत अगाडि बढ्न सकेका छैनन् । करिब २९ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निश्कासनको प्रस्ताव ११ महिनादेखि थन्किएको हो । यस्तै, विभिन्न कम्पनीबाट प्रस्ताव गरिएका करिब ९ अर्ब रुपैयाँ बराबरको १० वटा म्युचुअल फण्डका प्रस्ताव समेत अलपत्र अवस्थामा छन् । धितोपत्र बोर्डका अध्यक्ष नहुँदा कार्यबाहकहरुले आईपीओ निश्कासनमा चासो नदिंदा यस्तो अवस्था बनेको हो । धितोपत्र बोर्डका प्रवक्ता निरञ्जय घिमिरेले पनि जनशक्तिले भ्याएसम्म अब अड्किएका सबै काम सुरु गरिने प्रष्ट पारेका छन्।

सम्बन्धित समाचार

बालेनको मत ३९ हजार नाघ्यो

beemaadmin
२०८२ फाल्गुन २३, शनिबार

रास्वपाको यात्रा दुई–तिहाइतर्फ

beemaadmin
२०८२ फाल्गुन २३, शनिबार