free website hit counter

आजदेखि राप्ती हाईड्रोको हकप्रद निष्कासन

beemaadmin
२०८२ असार १, आईतवार

काठमाण्डौ । राप्ती हाईड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेडले आजदेखि हकप्रद सेयर निष्कासन गरेको छ। कम्पनीले हाल कायम चुक्तापूँजी ६१ करोड २७ लाख ९३ हजार ८ सय रुपैयाँबराबरको १ः१ अनुपातमा रु १०० अंकित दरका ६१ लाख २७ हजार ९३८ कित्ता हकप्रद निष्कासन गरेको हो।
लगानीकर्ताले त्रिपुरेश्वरस्थित राप्ती हाईड्रोको कर्पोरेट कार्यालय, मुक्तिनाथ क्यापिटल नक्साल, मुक्तिनाथ विकास बैंकको शाखा कार्यालयहरु, बिर्तामोड, विराटनगर,जनकपुर, नारायणगढ,पोखरा, नेपालगञ्ज,सुर्खेत, धनगढी र महेन्द्रनगर कार्यालय र नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनले तोकेका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्। यस्तै सीडीएससीको मेरो सेयरबाट पनि अनलाइन आवेदन सकिनेछ। यो हकप्रदमा आवेदन दिने अन्तिम मिति असार २२ गते रहेको छ । कम्पनीको हकप्रद निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ। हकप्रद सेयर निष्काशन प्रयोजनका लागि कम्पनीले गत जेठ ६ गते बुक क्लोज गरेको थियो। यसर्थ जेठ ५ गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले मात्रै यो हकप्रद खरिदका लागि आवेदन दिन सक्नेछन्। कम्पनीले नेपाल धितोपत्र बोर्डबाट हकप्रद निष्कासनका लागि गत वैशाख २५ गते अनुमति पाएको थियो ।

सम्बन्धित समाचार

बालेनको मत ३९ हजार नाघ्यो

beemaadmin
२०८२ फाल्गुन २३, शनिबार

रास्वपाको यात्रा दुई–तिहाइतर्फ

beemaadmin
२०८२ फाल्गुन २३, शनिबार