free website hit counter

आजबाट श्रीस्वस्थानी व्रतकथा शुरु (धार्मिक मान्यता र पूजा विधि)

beemaadmin
२०७६ पुष २५, शुक्रबार

काठमाडौं । आज पौष शुक्ल पूर्णिमा । आजका दिनदेखि हिन्दू धर्मावलम्बीको श्रीस्वस्थानी व्रतकथा तथा माधवनारायणको पूजा आराधना शुरु हुँदैछ । प्रत्येक वर्ष पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिनासम्म हरेक दिन घरघरमा स्वस्थानी कथा भन्ने र सुन्ने गरिन्छ । स्वस्थानी परमेश्वरीको व्रत बसे तथा उनको कथा भने र सुने मनोकांक्षा पूरा हुने धार्मिक विश्वास रहिआएको छ ।
सत्ययुगमा हिमालयपुत्री पार्वतीले महादेव स्वामी पाउm भनी विष्णुको सल्लाहअनुसार निराहार रहेर स्वस्थानीको व्रत गर्दा आफ्नो मनोकांक्षा पूर्ण भएको र पछि उनले लोककल्याणका निम्ति यो व्रतकथा प्रचारप्रसार गराई गरिब तथा दुःखीहरूको उद्धार गर्नुभएको कथाका रूपमा यो नेपाली समाजमा प्रचलित छ ।

धार्मिक विश्वास
स्वस्थानी व्रतकथामा उल्लेख भएअनुसार महादेवकी पत्नी सतीदेवीले आफ्ना पतिलाई बाबुले गरेको अपमान सहन नसकी यज्ञकुण्डमा प्राण त्यागेपछि हिमालय र मेनकाकी छोरी पार्वतीका रुपमा उनको जन्म भएको हो । पार्वती सानै उमेरदेखि नै महादेव पति पाउने कामना गरिरहन्थिन् । विवाहयोग्य भएपछि पिता हिमालयले भगवान् विष्णुलाई कन्यादान गरिदिने कुरा थाहा पाएपछि पार्वती भागेर अनकन्टार वनमा गई महादेवको ध्यान गर्न लागिन् । यसबाट खुसी भएर महादेवले आफूलाई पतिका रुपमा पाउन विष्णुुले भनेअनुसार गर्न सल्लाह दिए । विष्णुुले महादेव पति पाउन स्वस्थानी व्रत गर्ने सल्लाह दिएपछि पार्वतीले विधिपूर्वक एक महिनासम्म स्वस्थानीको व्रत गरेकामा उनले महादेव पति पाएको विश्वास विश्वास गरिन्छ । व्रतका प्रभावले शिव पार्वतीको विवाह भएको कुरा पौराणिक धर्म ग्रन्थहरुमा पनि चर्चा भएका कारण परम्परागत रुपमा उक्त व्रतकथा प्रचलित हुँदै आएको भनाइ छ ।

Advertisement
Advertisement

व्रतालुहरुले छुन नहुने वस्तु
क) नुन, माछा, मासु, मरमसला
ख) दुध र पानी बाहेक अन्य कुनै किसिमको पेय पदार्थ सेवन गर्न नहुने

Advertisement
Advertisement

भोजन गर्न हुने वस्तुहरु
क) दुध चामलको भात, घिउ, चाकु, चिनि, चिउरा, केराउ, सुन्तला, लप्सी, उखु, अदुवा, रातो मुला र पाटने पालुङ्गो ।
ख) भिमा एकादशीका दिनमा दुई पटक व्रत बसिसके पछि त्यो एक दिन फलहार सुन्तला, उखु, तरुल,पिँडालु तथा दुध मात्र ।

व्रतालुहरुले भोजन छोड्नु पर्ने अवस्था
क) भोजनमा कपाल, जौ, तिल, कोदो, मकै, गहुँ, भटमास तथा अन्य भोजन गर्न बर्जित गरिएका वस्तुहरु आएमा भोजन छोड्नु पर्दछ ।
ख) फाटेको दुध सेवन गर्नु हुँदैन ।
ग) भेजन गर्दा गर्दै बीचमा उठनु हुँदैन र उठिसके पछि फेरि भोजन गर्नु हुदैन ।

पुरुष व्रतालुहरुले पालना गर्नु पर्ने नियमहरु
क) पुरुष व्रतालुहरुले कुनै पनि बिसिमका रातो टिका तथा रातो वस्त्र लगाउन पाउने छैन ।
ख) नित्य पूजा गर्नु अगाडि सम्पूर्ण पुरुष व्रतालुहरुले चन्दनको टिका लगाएको हुनु पर्दछ ।
परापूर्वकाल देखि चल्दै आएको एवं भगवान विष्णुको आदेशमा माता पार्वतिको आज्ञा अनुसार तीन लोकमा नै स्वस्थानी माताको व्रत बसाल्न स्वर्गलोकमा नारद ऋषि र मत्र्य लोकमा सप्त ऋषि एवं पाताल लोकमा अवस्थामा ऋषिलाई पार्वति माताले पठाउनु भएको थियो ।

पूजा तथा व्रतविधि
व्रत बस्ने अघिल्लो दिनदेखि नै यसको तयारी सुरु हुन्छ । व्रत बस्ने महिलाले अघिल्लो दिनदेखि नै आफ्नो हातखुट्टाको नङ काटी स्नान गरेर आफूलाई शुद्ध राख्नुपर्छ । व्रत सुरु भएपछि व्रतालु महिलाले हरेक दिन स्नान गरेर स्वस्थानी माताको पूजा आरधना गर्नुपर्छ । हरेक दिन साँझ परिवार हुनेले समूहमा बसेर तथा नहुने एक्लै बसेर भएपनि स्वस्थानी व्रतकथा वाचन गर्नुपर्छ ।

स्वस्थानीको शाब्दिक अर्थ
स्वस्थानीको शाब्दिक अर्थ आफू बसेको स्थानको देवी भन्ने बुझिन्छ । आफू बसेकी स्थानकी देवीको पूजा गर्नु नै स्वस्थानी पूजा हो । उत्तरायण पछिको समय ध्यान योग साधनाका लागि उपयुक्त भएकाले स्वस्थान अर्थात् आफ्नो आत्मामा सम्पर्कको अभ्यास गर्नुलाई स्वस्थानी भनिएको विश्वास पनि छ । यसका लागि पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्मको समय राम्रो मानिन्छ ।

सुवर्ण वर्णकी, त्रिनेत्रधारी, प्रशन्न मुद्रा भएकी, कमल र सिंहासनमा बसेकी, चार हात भएकी देवीलाई स्वस्थानी देवी भनी स्कन्द पुराणमा उल्लेख गरिएको छ । ‘स्वस्थानीको चार हातमध्ये पहिलो हातमा नीलकमल, दोस्रो हातमा खड्ग, तेस्रो हातमा ढाल र चौथो हातमा वरदमुद्रा लिएकी देवी स्वस्थानी हुन् भनी पुराणमा उल्लेख गरिएको छ । यस्ती देवीको विधिपूर्वक व्रत गरेमा विछोड भएका जोडीको पुनः मिलन हुन्छ भन्ने विश्वास छ । रोग–ब्याध लागेको भए ठीक हुने र पति वा पत्नीका रुपमा कसैलाई इच्छाएको भए प्राप्त हुने कथासमेत प्रचलित छ । सत्ययुगमा हिमालय पर्वतकी पुत्री पार्वतीले महादेवलाई पति पाऊँ भनी विष्णुको निर्देशानुसार स्वस्थानीको व्रत गरेको कथा स्वस्थानीमा वर्णन गरिएको छ । व्रतपछि विछोडमा परेका नाग–नागिनीको समेत पुनः मिलन भएको कथामा उल्लेख छ । गोमा ब्राह्मणीले सप्तऋषिले सिकाएको व्रतविधि अनुसार व्रत गर्दा पुत्र वियोगबाट मुक्ति मिलेको र व्रतकै प्रभावले छोरा नवराज लावण्य देश हालको साँखु क्षेत्रको राजा भएको कथासमेत स्वस्थानीमा वर्णन गरिएको छ ।

सम्बन्धित समाचार