free website hit counter

आज खुल्ने चाहिँ के के हो ?

beemaadmin
२०७७ असार १, सोमबार

काठमाडौँ । दुई जना संक्रमित हुँदा शुरु भएको लकडाउन छ हजार नजिक संक्रमित पुग्दा खुकुलो भएको छ । गत चैत्र ११ गतेदेखि शुरु भएको लकडाउन असार १ आंशिक रुपमा खुलेको हो । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले अर्थतन्त्र चलायमान बनाउन र नागरिकको जीवनयापन सहज गराउन भन्दै लकडाउन आंशिक रुपमा खोल्ने निर्णय गरेको थियो । काठमाडौँमा सरकारले गत शुक्रबार देखि नै जोर बिजोर प्रणालीमा सवारी चलाउन दिइसकेको छ । आजदेखि विभिन्न कार्यालयहरु पनि खुल्दै छन् । आजदेखि खुल्ने कार्यालयहरु दुई सिफ्टमा सञ्चालन हुँदैछन् । बैक, वित्तीय संस्था, सहकारी, बीमा सेवा पनि आजबाट खुल्दैछन् । कोरोना भाइरस संक्रमण रोकथाम र नियन्त्रणका लागि सरकारले चैत ११ गतेदेखि निरन्तर देशव्यापी लकडाउन गर्दै आइरहेको थियो। आजदेखि सरकारी कार्यालय बिहान ८ बजेदेखि दिउँसो १ बजेसम्म एउटा सिफ्ट र दिउँसो १ बजेदेखि साँझ ६ बजेसम्म अर्को सिफ्टमा गरी दुई सिफ्टमा खुल्दै छन् । सार्वजनिक तथा जोरविजोर प्रणालीमा सञ्चालन हुने गरी निजी सेवा प्रदायक कार्यालयका श्रमिक तथा कर्मचारी ओसारपसार गर्न प्रयोग गरिने सवारी साधनसमेत आजबाट मात्रै सञ्चालन हुने भएका छन् । उक्त सवारीमा एक लहरमा एक जना यात्रु मात्रै राख्नुपर्ने छ। यात्रुले अनिवार्य रुपमा मास्क र सेनिटाइजरको व्यवस्था गर्नुपर्ने र सवारीलाई दैनिक निसङ्क्रमित गर्नुपर्ने छ। उक्त सवारीमा आफ्नो कार्यालयमा काम गर्ने मजदुर तथा कर्मचारी मात्रै राख्नुपर्ने छ।

सम्बन्धित समाचार

सुनको मूल्य तोलामा ३८ सयले बड्यो

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार

यस वर्षको बजेटमा बीमा उपेक्षित नहोस्

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार

समानुपातिकमा यस्तो छ दलहरुको अवस्था

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार