काठमाडौं । असोज ९ गते, बिहीबार,नेपाली बजारमा सुनको मूल्यमा भारी गिरावट भएको छ । यसदिन सुन प्रतितोला एक हजार ७०० रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन छापावाल सुनको प्रतितोला दुई लाख २१ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबारको बजारमा छापावाला सुनको मूल्य प्रतितोला दुई लाख २३ हजार रुपैयाँमा कारोबार भएको थियो । सो मूल्य हाल सम्मकै उच्च हो । यस दिन चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी तोलामा १५ रुपैयाँ घटेको छ । बिहीबारको बजारमा चाँदी तोलाको २ हजार ६८५ रुपैयाँमा कारोबार भइरहेको छ । बुधबारको बजारमा चाँदी दुई हजार ७०० रुपैयाँमा कारोबार भएको थियो। चाँदीको मूल्यले पनि चार दिनदेखि निरन्तर रेकर्ड ब्रेक गरे पछि आज घटेको हो ।