free website hit counter

आज तानिँदैछ रातो मच्छिन्द्रनाथको रथ

beemaadmin
२०७७ भाद्र २१, आईतवार

काठमाडौं । वर्षा र सहकालका देवता मानिने रातो मच्छिन्द्रनाथको रथलाई आज पुल्चोकबाट सोह्रखुट्टे पाटीसम्म तानिने भएको छ । कोरोना कहरका कारण रोकिएको रथलाई आज स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर तानिन लागेको हो । जात्रा व्यवस्थापन कार्यदलका संयोजक चन्द्र महर्जनले स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाउँदै आज अपराह्न रथ तानिने बताएका छन् ।

महर्जनका अनुसार हाल गाःबहालमा रहेकको मीननाथको रथलाई पनि तानेर सोह्रखुट्टे पाटीसम्म पुर्याइनेछ । त्यसपछि ललितपुरवासीले आज ‘छ्वयलाभू’ र सोमबार ‘भुज्या’ मनाउनेछन् । साइत हेर्ने काम पनि सोमबार नै हुने छ । साइत प्राप्त भएको दिन (सम्भवतः भदौ २६ गते) रातो मच्छिन्द्र नाथलाई बुंगमति प्रस्थान गराइने महर्जनले जानकारी दिए । यससँगै वर्षा र सहकालका देवता मानेर पुजिने रातो मच्छिन्द्रनाथको जात्रा सम्पन्न हुनेछ । यसअघि रथ तान्दै नगर परिक्रमा गराउने क्रममा रथ जुन ठाउँमा रोकियो, त्यही ठाउँका बासिन्दाले मात्र छ्वयलाभू र भुज्या मनाउने गर्दथे । तर यस वर्ष कोरोना संक्रमणको जोखिमका कारण रातो मच्छिन्द्र नाथको सबै विधि प्रकृयाहरु हाल रथ भएकै स्थानमा सम्पन्न गर्ने जात्रा संयोजक महर्जनले बताए ।

सम्बन्धित समाचार

सानिमा म्युचुअल फण्डको आईपीओ खुल्यो

beemaadmin
२०८१ फाल्गुन ६, मंगलवार

जीवन बीमाको व्यापार आशालाग्दो

beemaadmin
२०८१ फाल्गुन ६, मंगलवार

आज पनि बढ्यो सुनको मूल्य

beemaadmin
२०८१ फाल्गुन ६, मंगलवार