free website hit counter

आफैं पैसा थमाएर कर्मचारीलाई भ्रष्ट बनाउन अख्तियारले नपाउने

beemaadmin
२०७८ बैशाख ८, बुधबार

काठमाडौं। आफैं पैसाको बिटो अफर गर्दै कर्मचारीलाई भ्रष्ट करार गर्ने अख्तियारको कदमविरुद्ध सर्वोच्चले रोक लगाइदिएको छ । यो निर्णयसँगै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अब रंगे हात पक्राउको नाममा गर्दै आएको स्टिंग अप्रेशन गर्न नपाउने भएको छ। सर्वोच्च अदालतको संवैधानिक इजलासले बुधबार स्टिंग अप्रेशन गर्न नपाउने आदेश दिएको हो। अख्तियारले आफैले पैसा दिएर कर्मचारीलाई जाल थापेर रकमसहित पक्राउ गर्दै मुद्दा चलाउने गरेको थियो। तर, अख्तियारको यो अप्रेशनले सोझासाझा कर्मचारी फसेको भन्दै अधिवक्ता विष्णुप्रसाद घिमिरेले सर्वोच्चमा रिट दायर गरेका थिए। बुधबार बुधबार प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा, न्यायाधीशहरु दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र ईश्वरप्रसाद खतिवडासहितको संवैधानिक इजलासले स्टिंग अप्रेशनलाई बदर गर्ने आदेश दिएको हो। अख्तियारले स्टिंग अप्रेशनमार्फत पक्राउ गरेका धेरै विशेष अदालतको फैसलाबाट निर्दोष सावित हुँदै आएका थिए।

सम्बन्धित समाचार

सुनको मूल्य तोलामा ३८ सयले बड्यो

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार

यस वर्षको बजेटमा बीमा उपेक्षित नहोस्

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार

समानुपातिकमा यस्तो छ दलहरुको अवस्था

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार