free website hit counter

आश्रित परिवारलाई ५२ लाख ५० हजार बीमा दाबी भुक्तानी

beemaadmin
२०७७ कार्तिक २२, शनिबार

पोखरा । जीवनको मूल्य हुँदैन, बीमाले जीवन दिन नसके पनि जीवन बाँच्नेहरुका लागि सहारा अवश्य दिन्छ । ४ महिना अगाडिमात्र युनियन लाइफ इन्स्योरेन्स कम्पनीमा ५० लाख रुपैयाँको जीवन बीमा गरेका स्पाइरल ग्यालेक्सी पोखराका प्राचार्य नारायण शर्मा चापागाईंको केही समयपछि मृत्यु भयो ।

उनको मृत्युको क्षति परिवाले कुनै पनि मूल्यमा पाउँदैन । तर उनले गरेको जीवन बीमाले आश्रित परिवारका लागि बाँच्ने श्रोत भने भएको छ । बीमा कम्पनीले मृतक नारायणकी श्रीमती सारदा अधिकारीलाई सोही बीमा बापतको ५२ लाख ५० हजार रुपैयाँ रकम भुक्तानी गरेको कम्पनीका गण्डकी प्रदेश प्रमुख टुल्कनाथ आचार्यले जानकारी दिए ।

पोखरा महानगरपालिकाका मेयर मान बहादुर जिसी सहित पोखरा–१६ का वडा अध्यक्ष जीवन आचार्य, युनियन लाइफका गण्डकी प्रदेश प्रमुख टुल्कनाथ आचार्य, उपप्रमुख गणेश धमला, लामाचौर शाखा प्रमुख सूर्य चापाईंसहितको टोलीले उक्त दाबी रकम को चेक हस्तान्तरण गरेको हो । बीमा दाबी भुक्तानी कार्यक्रमको अवसरमा बोल्दै मेयर जिसीले जीवन बीमा गर्नु बचत र सुरक्षा दुवै दृष्टिले महत्वपूर्ण हुने धारणा राखेका थिए ।

सम्बन्धित समाचार

प्रचण्डबाहेक पुराना सबै नेता पराजित

beemaadmin
२०८२ फाल्गुन २४, आईतवार

समानुपातिकमा पनि घण्टीकै दबदबा

beemaadmin
२०८२ फाल्गुन २४, आईतवार