free website hit counter

इसेवाबाट बीमा शुल्क तिर्दा ५० हजारसम्म जित्न सकिने

beemaadmin
२०८० असार १८, सोमबार

काठमाण्डौ। नेपालको पहिलो र अग्रणी डिजिटल भुक्तानी सेवा प्रदायक संस्था इसेवामार्फत लाइफ इन्स्योरेन्सको बीमालेख नवीकरण गर्दा ५० हजार जित्न सकिने भएको छ। आफ्ना प्रयोगकर्तालाई अनलाइनमार्फत कारोबार गर्न प्रोत्साहन गर्ने उद्देश्यले इसेवाले यस किसिमको अफर सार्वजनिक गरेको हो। यस अफरमा बैंक लिंक खातामार्फत भुक्तानी गर्दा हरेक दिन १ जनाले रु। १ हजार क्यासब्याक प्राप्त गर्न सक्नेछन्। यसका साथै योजनाको अन्त्यमा भाग्यशाली १ जना विजेताले रु। ५० हजार जित्न सक्नेछन्। यो योजना असार २५ गतेसम्म सञ्चालन हुनेछ। दैनिक क्यासब्याक बिजेताको घोषणा हरेक हप्ताको अन्त्यमा इसेवाको फेसबुक पेज तथा ब्लगमार्फत गरिनेछ भने बम्पर उपहार विजेताको घोषणा इसेवाको फेसबुक पेजमार्फत प्रत्यक्ष प्रसारण गरिनेछ। यस योजनामा सहभागी हुन इसेवा प्रयोगकर्ता केवाईसी भेरिफाइड भएको हुनुपर्नेछ। यस योजनामा कुनै पनि जीवन बीमा कम्पनीको इसेवामार्फत नवीकरण गर्न सकिनेछ। हाल इसेवाको सेवा एन्ड्रोइड तथा आईओएस मोबाइलमार्फत करिब ७५ लाख ग्राहकले सेवा लिइरहेका छन्। यसैभरी देशभर रहेका २ लाखभन्दा बढी एजेन्टमार्फत अप्रत्यक्ष रुपमा डेढ करोडभन्दा जनसंख्याले सेवा लिइरहेका छन्। इसेवाबाट इन्सयोरेन्सको प्रिमियम भुक्तानी मोबाइल, टेलिफोन, इन्टरनेट, बिजुली तथा खानेपानीको महसुल भुक्तानी, विभिन्न सरकारी कार्यालयको शुल्क भुक्तानी, हवाईजहाज, बसको टिकट, स्कुल कलेजको शुल्कलगायतका करिब २ हजार ५०० वटा मर्चेन्ट तथा सेवा तथा सुविधाको भुक्तानी गर्न सकिन्छ।

सम्बन्धित समाचार

सुनको मूल्य तोलामा ३८ सयले बड्यो

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार

यस वर्षको बजेटमा बीमा उपेक्षित नहोस्

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार

समानुपातिकमा यस्तो छ दलहरुको अवस्था

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार