free website hit counter

इसेवालाई रेमिटेन्स कारोबारको अनुमति

beemaadmin
२०७६ माघ १६, बिहीबार

काठमाडौं। नेपालमा वित्तीय कारोबारलाई डिजिटल प्रणालीमा लैजान उत्साहित बनाउने इसेवाले मनी ट्रान्सफरको कारोबारको लागि समेत अनुमाति पाएको छ ।

एफवान सफ्टको सब्सिडरी कम्पनीका रुपमा इसेवा मनी ट्रान्सफरले रेमिटेन्स कारोबारका लागि अनुमति पाएको हो।

नेपाल राष्ट्र बैंकबाट रेमिटेन्स कारोबारका लागि अनुमति पाएसँगै कमपनीको प्रवन्ध निर्देशकसमेत नियुक्त भएका छन् । सिटी एक्सप्रेस मनी ट्रान्सफरको महाप्रवन्धक रहेका अजेश कोइराला इसेवा मनी ट्रान्सफरको महाप्रबन्धक नियुक्त गरिएको हो । रेमिटेन्स क्षेत्रमा १५ वर्ष भन्दा बढीको अनुभव भएका कोइरालाले ग्लोबल आइएमई बैंकमा रेमिट्यान्स प्रमुख भएर समेत कार्य गरिसकेका छन् ।

कम्पनीले एक महिनाभित्र रेमिटेन्स कारोबार गर्ने बताइएको छ । बहिरका राम्रा रेमिटेन्स कम्पनीको सहकार्यमा डिजिटल प्रविधिमार्फत नेपालीको हातमा पैसा पुर्याइने उद्देश्य कम्पनीको छ।

सम्बन्धित समाचार

रास्वपाको यात्रा दुई–तिहाइतर्फ

beemaadmin
२०८२ फाल्गुन २३, शनिबार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार