free website hit counter

ईबिडिङ प्रणाली ह्याक गर्ने पाण्डे समातिए

beemaadmin
२०८३ बैशाख १२, शनिबार

काठमाण्डौ । राष्ट्रिय प्रजातन्त्र पार्टीका उपाध्यक्ष तथा पूर्वमन्त्री विक्रम पाण्डेलाई प्रहरीले पक्राउ गरेको छ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (CIB) ले शुक्रबार उनलाई नियन्त्रणमा लिएको पुष्टि गरेको हो। अनुसन्धानकर्ताका अनुसार सार्वजनिक खरिद प्रक्रियामा हस्तक्षेप गर्ने उद्देश्यले ई–बिडिङ प्रणालीमा अनधिकृत पहुँच हासिल गर्ने प्रयास गरेको आरोप उनीमाथि लागेको छ।

पाण्डे २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा चितवन–३ बाट निर्वाचित सांसद हुन्। उनी यसअघि पनि विवादमा परेका थिए। २०७५ सालमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिक्टा सिंचाइ आयोजनामा गुणस्तरहीन काम भएको आरोपमा उनीविरुद्ध मुद्दा दायर गरेको थियो।

उक्त प्रकरणमा अदालतले तोकेको ४ करोड रुपैयाँ धरौटी बुझाएर उनी रिहा भएका थिए। पछिल्लो घटनापछि पुनः उनको भूमिकामाथि प्रश्न उठेको छ भने प्रहरीले थप अनुसन्धान जारी राखेको जनाएको छ।

सम्बन्धित समाचार