free website hit counter

उपत्यकामा १५३३ सहित २८१७ लाई कोरोना

beemaadmin
२०७७ कार्तिक २३, आईतवार

काठमाडौं । आज देशभर २८१७ जनालाई कोरोना संक्रमण भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता प्रा डा जागेश्वर गौतमका अनुसार १२ हजार ३११ पीसीआर परीक्षण भएकोमा २ हजार ८१७ जनालाई कोरोना पुष्टि भएको छ ।

यस्तै,२४ घण्टामा काठमाडौं उपत्यकामा १ हजार ५३३ जनालाई कोरोना संक्रमण भएको छ । गौतमका अनुसार काठमाडौंमा १ हजार २९४, भक्तपुरमा ७७ र ललितपुरमा १६२ जनालाई कोरोना पुष्टि भयो । आज देशभर २ हजार ८१७ जनालाई कोरोना संक्रमण भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ९४ हजार ४५३ रहेको छ ।

२४ घण्टामा २ हजार ८१२ जना संक्रमणमुक्त भएपछि निको हुनेको संख्या १ लाख ५७ हजार ९२६ पुगेको छ । यस्तै २१ संक्रमितको मृत्यु भएको छ । हालसम्म कोरोना संक्रमितको मृत्युको संख्या १ हजार १०८ पुगेको छ ।

सम्बन्धित समाचार

सिटिजन्स बैंकले लाभांश पारित गर्दै

beemaadmin
२०८३ आश्विन ७, बुधबार

कुमारी बैंकले बोलायो साधारण सभा

beemaadmin
२०८३ आश्विन ७, बुधबार

आईपीओ निष्कासनमा सेबोनको कडाइ

beemaadmin
२०८३ आश्विन ६, मंगलवार