free website hit counter

उपत्यकामै छन् २० हजार सक्रिय संक्रमित, २०९ जनाले ज्यान गुमाइसके

beemaadmin
२०७७ कार्तिक १४, शुक्रबार

काठमाडौँ । झन् पछि झन् कोरोना संक्रमित थपिँदै गएको छ । अहिले काठमाडौंमा कोरोना संक्रमितको संख्या ५९ हजार २३४ पुगेको छ भने त्यसमध्ये ४२ हजार ५०४ जना निको हुँदा सक्रिय संक्रमित १६ हजार ५२१ जना रहेका छन् । हालसम्म काठमाडौंमा २०९ जनाको मृत्यु भएको छ। ललितपुरमा ८ हजार ३५० जनामा संक्रमण पुष्टि भएकोमा संक्रमितमध्ये ५ हजार ८२२ जना निको भएका छन् । यस्तै हाल २ हजार ४७० जना सक्रिय संक्रमित रहेको ललितपुरमा ५८ जनाको मृत्यु भएको छ ।
यसैगरी भक्तपुरमा ५ हजार ५१९ जना संक्तमित रहेकोमा ४ हजार ३८३ जना निको भएका छन् । यस्तै हाल १०७५ जना सक्रिय संक्रमित रहेको भक्तपुरमा ६१ जनाको कोरोनाबाट मृत्यु भएको छ । उपत्यकामा अझै २० हजार ६६ सक्रिय संक्रमित रहेका छन् जसमध्ये १४ हजार ५८३ जना होम आइसोलेसजमा रहेका छन्।

सम्बन्धित समाचार

सिटिजन्स बैंकले लाभांश पारित गर्दै

beemaadmin
२०८३ आश्विन ७, बुधबार

कुमारी बैंकले बोलायो साधारण सभा

beemaadmin
२०८३ आश्विन ७, बुधबार

आईपीओ निष्कासनमा सेबोनको कडाइ

beemaadmin
२०८३ आश्विन ६, मंगलवार