free website hit counter

ऊर्जा उद्यमीसँग छलफल गर्दै प्रधानमन्त्री

beemaadmin
२०८३ असार २६, शुक्रबार

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले ऊर्जा क्षेत्रका उद्यमीहरूसँग छलफल गर्न बिहीबार सिंहदरबारमा बैठक बोलाएका छन्।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बिहान ११ः३० बजेदेखि हुने बैठकमा ऊर्जा क्षेत्रमा देखिएका समस्या, चुनौती तथा तिनको समाधानका उपायबारे विस्तृत छलफल हुने प्रधानमन्त्री सचिवालयले जनाएको छ।

प्रधानमन्त्री शाहले पछिल्ला केही दिनयता विभिन्न निजी क्षेत्रका प्रतिनिधिसँग निरन्तर संवादलाई तीव्रता दिएका छन्। यसअघि बिहीबार निर्माण व्यवसायी तथा बुधबार उद्योग वाणिज्य क्षेत्रका छाता संगठनका प्रतिनिधिहरूसँग पनि उनले छुट्टाछुट्टै भेटवार्ता गरेका थिए।

सरकार र निजी क्षेत्रबीच समन्वय बढाउँदै ऊर्जा क्षेत्रका नीतिगत तथा व्यावहारिक समस्याको समाधान खोज्ने उद्देश्यले यो छलफल आयोजना गरिएको जनाइएको छ।

सम्बन्धित समाचार