free website hit counter

एकै दिन सुनको भाउ १५ सय रुपैयाँले बढ्यो

beemaadmin
२०७८ फाल्गुन १, आईतवार

काठमाडौं । निरन्तर उकालो लागेको सुनको भाउ आज ह्वात्तै माथि पुगेको छ । अन्तिराष्ट्रिय बजारमा सुनको भाउ बढेपछि नेपालामा पनि सुनको भाउ लगातार बढ्न थालेको छ। नेपालामा आइतबार सुनको भाउ एकैदिन १५०० रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासँघका अनुसार आइतबार छापावाला सुन प्रतितोला ९५ हजार ५०० रुपैयाँ र तेजाबी सुन प्रतितोला ९५ हजार रुपैयाँमा कारोबार भइरहेको छ।
युक्रेनमा चलिरहेको अमेरिका र रसिया द्वन्द्वका कारण अन्तराष्ट्रिय क्षेत्रमा लगानीकर्ताहरु शेयर बजारलाई छोडेर अन्य लगानीका विकल्पहरुको खोजिमा लागेका छन्। पछिल्लो समय ती लगानीस्कर्ताहरुको समेत सुनमा लगानी बढाउदा खरिद चाप बढेको छ। यसले गर्दा सुनको भाउ लगातार बढेको हो। नेपालमा सुनको भाउ अन्तिराष्ट्रिय बजारको आधारमा नै तय हुँदै आएको छ। यसले गर्दा अन्तराष्ट्रिय बजार बजारमा सुनको भाउ बढेपछि नेपालमा पनि भाउ बढेको हो। यस दिन चाँदीको भाउ भने प्रतितोला एक हजार ३०० रुपैयाँ तोकिएको छ। अघिल्लो दिन १ हजार २८० रुपैयाँमा कारोबार भएको चाँदीको भाउ आइतबार २० रुपैयाँले बढेको हो।

सम्बन्धित समाचार

प्रचण्डबाहेक पुराना सबै नेता पराजित

beemaadmin
२०८२ फाल्गुन २४, आईतवार

समानुपातिकमा पनि घण्टीकै दबदबा

beemaadmin
२०८२ फाल्गुन २४, आईतवार