free website hit counter

एक्सेलले दिने भयो १७ प्रतिशत लाभांश

beemaadmin
२०७६ माघ २०, सोमबार

काठमाडौं । एक्सेल डेभलपमेन्ट बैंकले आर्थिक वर्ष २०७५–७६ को मुनाफाबाट १८ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । बैंकको माघ १८ गते बसेको २३१ औं बैठकले सो निर्णय गरेको हो ।
बैंकले हाल कायम चुक्ता पूँजी ६९ करोड २६ लाख ७३ हजार रुपैयाँको १७।१० प्रतिशत अर्थात ११ करोड ८४ लाख रुपैयाँ बराबरको बोनश र कर प्रयोजनको लागि ०।९० प्रतिशत अर्थात ६२ लाख ३४ हजार रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो। उक्त लाभांश राष्ट्र बैंकबाट स्वीकृत भएर आगामी साधारण सभाले पारित गरेपछि शेयरधनीले प्राप्त गर्नेछ। गत आर्थिक वर्ष बैंकले १७ प्रतिशत नगद लाभांश वितरण गरेको थियो।

सम्बन्धित समाचार

सुनको मूल्य तोलामा ३८ सयले बड्यो

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार

यस वर्षको बजेटमा बीमा उपेक्षित नहोस्

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार

समानुपातिकमा यस्तो छ दलहरुको अवस्था

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार