free website hit counter

एक किस्ता बुझाएका रामचन्द्रलाई सिटिजन लाइफले दियो घातक रोगको उपचारार्थ ३० लाख

beemaadmin
२०७७ चैत्र २२, आईतवार

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी आफ्ना बीमितलाई घातक रोग उपचारबापत ३० लाख रुपैयाँ भुक्तानी गरेको छ । कम्पनीको क्षेत्रीय कार्यालय बुटवल शाखाले घातक रोगको बीमा दाबी भुक्तानी बापत ३० लाख रुपैयाँ प्रदान गरेको हो ।

कम्पनीले तिलोत्तमा नगरपालिका ९ निवासी ४१ वर्षिय रामचन्द्र कँडेललाई उक्त रकम प्रदान गरेको हो । कँडेलले अघिल्लो वर्ष २०७६ श्रावण महिनामा सिटिजन लाइफको बुटवल शाखाबाट ३० लाखको वार्षिक अग्रिम भुक्तानी बीमा गरेका थिए । एक किस्ता बीमा शुल्क २ लाख ४६ हजार मात्र बुझाएका कँडेल फर्निचर उद्योगमा काम गर्दागर्दै मुटुमा समस्या भइ उपचारको लागि काठमाडौंको गंगालाल अस्पतालमा गएका थिए । उनको उपचारकै लागि कम्पनिले सो रकम प्रदान गरेको क्षेत्रीय शाखा प्रबन्धक दुर्गा राज ढकालले बताएका छन् ।

कम्पनीका क्षेत्रीय प्रबन्धक ढकालले सिटिजन लाइफ इन्स्योरेन्सले कम्पनीको अतिरिक्त सुविधा मार्फत एउटा मात्र रोगको लागि नभई २० घातक रोगहरुको लागि बिलबिनै ५० लाखसम्मको उपचार खर्च दिने गरी नेपालमै पहिलोपटक कम्पनीले काम गरिरहेको बताएका छन्।

सम्बन्धित समाचार

सुनको मूल्य तोलामा ३८ सयले बड्यो

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार

यस वर्षको बजेटमा बीमा उपेक्षित नहोस्

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार

समानुपातिकमा यस्तो छ दलहरुको अवस्था

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार