free website hit counter

एक बर्षमा चुहियो १३ अर्ब बढीको बिजुली

beemaadmin
२०८२ श्रावण २०, मंगलवार

काठमाडौं । वितरण प्रणालीबाट गत आव २०८१–८२ मा १३ अर्ब २६ करोड ३६ हजार रुपियाँ बराबरको बिजुली चुहावट तथा चोरी भएको देखिएको छ । नेपाल विद्युत् प्राधिकरणबाट प्राप्त एक तथ्यांकले यस्तो देखाएको हो । गत आवमा वितरण प्रणालीमा कुल १२ अर्ब ६४ करोड ७८ लाख युनिट विद्युत् प्राप्ती भएको छ । त्यसमा खपत बिक्री भने ११ अर्ब २८ करोड ६४ लाख युनिट रहेको छ । त्योअनुसार वितरण प्रणालीबाट एक अर्ब ३६ करोड १४ लाख युनिट विद्युत् चुहावाट भएको देखिन्छ । प्राधिकरणको आव ०८०–८१ मा विद्युत् बिक्रीको औषत तर प्रति युनिट ९।७४ रुपियाँ देखिएको छ । त्योसँग तुलना गर्दा गत आवमा १३ अर्ब २६ करोड ३६ लाख रुपियाँ बराबरको विद्युत् चुहावट भएको छ । अनुपातका आधारमा गत आवमा विद्युत् चुहावट बढेको पनि देखिन्छ । अघिल्लो आव २०८०–८१ मा वितरण तर्फको विद्युत् चुहावट ९.५९ प्रतिशत थियो । गत आवमा भने १०।७६ प्रतिशत विद्युत् चुहावट रहेको छ । त्योअनुसार गत आवमा १.१७ प्रतिशत विन्दुले विद्युत् चुहावट बढेको छ । विद्युत् चुहावट प्राविधिक तथा गैर प्राविधिक दुबै रुपमा हुने गर्छ । यो स्वभाविक पनि हो । प्रसारण तथा वितरण प्रणालीको क्षमता लगायतका कारण विद्युत् चुहावट हुने गर्छ । यद्यपि, पछिल्लो समय घट्दै गएको विद्युत् चुहावट गत आवमा बढेको देखिन्छ । विद्युत् चुहावटलाई अघिल्लो बर्षको विन्दु भित्र कायम राख्न सकिएन । त्यसले प्राधिकरणको आम्दानी समेत प्रभावित भएको देखिन्छ । गत आवमा १.१७ प्रतिशत विन्दुले विद्युत् चुहावट बढेको छ । जुन १४ करोड ७९ लाख ७९ हजार युनिट विद्युत् हो । औसत विद्युत् बिक्री दरको आधारमा यसको मूल्य एक अर्ब ४४ करोड १३ लाख १८ हजार रुपियाँ आउन सक्छ । अर्थात् विद्युत् चुहावटलाई अघिल्ला बर्षहरुकै विन्दुमा समेत कायम गर्न नसक्दा थप सो हारहारीमा नोक्सानी विद्युत् प्राधिकरणले बेहोर्नु परेको देखिएको छ । विवादमा आउने देखिएपछि प्राधिकरणले यो तथ्यांक गोप्य राखेको छ । स्रोतकाअनुसार गत आवमा प्राविधिक रुपमै विद्युत् चुहावट बढेको छ । पछिल्लो समय विद्युत्का माग बढ्यो । तर, त्यसलाई धान्ने क्षमतामा वितरणलाइन छैनन् । फलस्वरुप विद्युत् ट्रिपिङ धेरै संख्यामा भयो । वितरणलाइन सुदृढीकरणका काम पनि अघि बढ्न सकेनन् । यी यस्ता कारण गत आवमा विद्युत् चुहावट बढेको जानकारवालाहरु बताउँछन् । साथै, विद्युत् चोरी समेत भएको हुन सक्ने प्राधिकरणको आशंका छ ।

सम्बन्धित समाचार

बालेनको मत ३९ हजार नाघ्यो

beemaadmin
२०८२ फाल्गुन २३, शनिबार

रास्वपाको यात्रा दुई–तिहाइतर्फ

beemaadmin
२०८२ फाल्गुन २३, शनिबार