free website hit counter

एजेन्सी म्यानेजर सम्मान तथा उत्प्रेरणा कार्यक्रम सम्पन्न

beemaadmin
२०८१ फाल्गुन ११, आईतवार

काठमाडौं । रिलायबल नेपाल इन्स्योरेन्सले एजेन्सी म्यानेजर सम्मान तथा उत्प्रेरणा कार्यक्रमम धुलिखेलको होटल सारथीमा सम्पन्न गरेको छ । कम्पनीले बागमती प्रदेश अन्तर्गत बनेपा र काठमाडौ क्षेत्रका उत्कृष्ट ब्यबसाय गरि छनौट हुन सफल एजेन्सी म्यानेजरहरुलाई सम्मान गगरेको हो । कार्यक्रममा बनेपा क्षेत्र र काठमान्डौ क्षेत्र अन्तर्गत शाखाका उत्कृष्ट एजेन्सी म्यानेजर तथा एमडीआरटी अभिकर्ताहरु गरी १५० जनाको सहभागिता रहेको थियोे । उक्त कार्यक्रम रिलायबल नेपाल लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत नारायण बाबू लोहनीको प्रमुख आतिथ्यता तथा चिफ म्यानेजर युवराज शर्मा र प्रकाश धितालको विशेष आतिथ्यता र बागमती प्रदेश अन्तर्गत बनेपा क्षेत्रका प्रमुख राज कुमार गिरी र काठमाडौं क्षेत्रका
प्रमुख यम पोख्रेल लगायत शाखा प्रबन्धकहरुको सहभागीता रहेको थियो । कार्यक्रममा मोटिभेटर तथा लाइफ कोच रमन भट्टराईले बीमा सम्बन्धि उत्प्रेरणा मुलक जीवन उपयोगी विषय बस्तुहरुको बारेमा सहभागिहरुलाई जानकारी गराएका थिए । त्यस्तै, कम्पनीका प्रमुख कार्यकारी अधिकृत नारायण बाबु लोहनी, चिफ म्यानेजर युवराज शर्मा र प्रकाश धितालले बीमा सम्बन्धि विषयमा प्रस्तुति राख्दै रिलायबलका एमडिआरटी, सिनियर एजेन्सी म्यानेजर, एजेन्सी म्यानेजरहरुलाई सम्मान गरेका थिए।

सम्बन्धित समाचार

रास्वपाको यात्रा दुई–तिहाइतर्फ

beemaadmin
२०८२ फाल्गुन २३, शनिबार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार