free website hit counter

एनआईसी एशिया बैंकको २८औँ वार्षिक साधारणसभा सम्पन्न

beemaadmin
२०८३ जेष्ठ १९, मंगलवार

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडको २८औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ। बैंकको साधारणसभा काठमाडौंको भद्रकालीस्थित आर्मी अफिसर्स क्लबमा सम्पन्न भएको हो।

सभाले आर्थिक वर्ष २०८१/८२ का लागि सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन, २०८२ असार मसान्तसम्मको वासलात, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरणलगायतका वित्तीय प्रतिवेदनमाथि छलफल गरी स्वीकृत गरेको छ।

त्यसैगरी, सञ्चालक समितिले प्रस्ताव गरेअनुसार सम्बन्धित नियामक निकायबाट आवश्यक स्वीकृति प्राप्त गरी बैंकको हाल कायम चुक्ता पुँजीको २ः१ अनुपातमा हकप्रद शेयर जारी गर्ने प्रस्तावलाई पनि सभाले अनुमोदन गरेको छ। साथै, अन्य विभिन्न प्रस्तावहरू समेत पारित गरिएको बैंकले जनाएको छ।

साधारणसभाले संस्थापक शेयरधनी समूहबाट अशोककुमार अग्रवाल, रामचन्द्र संघई र जयन्तकुमार अग्रवाल तथा सर्वसाधारण शेयरधनी समूहबाट आदित्यकुमार अग्रवाल, केशवप्रसाद लम्साल र अनुपा प्रधान राजभण्डारीलाई सञ्चालक पदमा निर्विरोध निर्वाचित गरेको छ।

बैंकले आगामी दिनमा पूँजी सुदृढीकरण, व्यवसाय विस्तार तथा ग्राहक सेवामा थप प्रभावकारी ढंगले अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेको छ।

सम्बन्धित समाचार