free website hit counter

एनएमबि बैंकद्वारा लाभांश प्रस्ताव

beemaadmin
२०७९ मंसिर २०, मंगलवार

काठमाण्डौ । एनएमबि बैंक लिमिटेडले आर्थिक वर्ष २०७८–७९ का लागि लाभांश प्रस्ताव गरेको छ। बैंक सञ्चालक समितिको हिजो सोमबार बसेको बैठकले उक्त आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट हाल कायम चुक्तापुँजी १८ अर्ब ३६ करोड ६७ लाख ५ हजार ९५९.२४ रुपैयाँको ८.२५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो। जसअनुसार बैंकले सेयरधनीहरुलाई १ अर्ब ५१ करोड ५२ लाख ५३ हजार २४१.६४ रुपैयाँ नगद लाभांश वितरण गर्नेछ। प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपछि आगामी वार्षिक साधारणसभाबाट पारित गरी सेयरधनीहरुलाई वितरण गरिने बैंकले जनाएको छ।

सम्बन्धित समाचार

रास्वपाको यात्रा दुई–तिहाइतर्फ

beemaadmin
२०८२ फाल्गुन २३, शनिबार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार