free website hit counter

एनएमबि लघुवित्तले तोक्यो साधारण सभाको मिति

beemaadmin
२०८१ जेष्ठ ३२, शुक्रबार

काठमाडौं । एनएमबि लघुवित्त वित्तीय संस्था लिमिटेडले असार २१ गते, शुक्रबार, होटल बाराही पोखरा, पोखरा ६ स्ट्रिट नं. १३, कास्कीमा एघारौँ वार्षिक साधारण सभा बोलाएको छ। सो सभा बिहान साढे ११ बजे शुरु हुनेछ। सभाले केन्द्रिय कार्यालय रहने ठेगाना र संस्थापक तथा सर्वसाधारण तर्फको शेयर संरचना सम्बन्धी प्रबन्धपत्रका दफाहरु संशोधन गर्ने, अन्य उपयुक्त लघुवित्तसँग मर्जर अथवा एक्विजिशनसम्बन्धी कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने लगायतका विशेष प्रस्तावहरु पारित गर्नेछ। त्यस्तै, सभाले संस्थापक शेयरधनीहरुको तर्फबाट १ जना र सर्वसाधारण शेयरधनीहरुको तर्फबाट २ जना सञ्चालकहरुको निर्वाचन गर्ने र स्वतन्त्र सञ्चालकको नियुक्ति तथा एमएबि बैंकबाट प्रतिनिधित्व गर्ने सञ्चालकको नियक्ति अनुमोदन गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ। साधारण सभा प्रयोजनार्थ लघुवित्तले असार ७ गतेदेखि २१ गतेसम्म बुकक्लोज गर्ने भएको छ। यस अनुसार असार ६ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले लघुवित्तको साधारण सभामा सहभागिता जनाउन सक्नेछन् ।

सम्बन्धित समाचार

बालेनको मत ३९ हजार नाघ्यो

beemaadmin
२०८२ फाल्गुन २३, शनिबार

रास्वपाको यात्रा दुई–तिहाइतर्फ

beemaadmin
२०८२ फाल्गुन २३, शनिबार