free website hit counter

एनएमबी बैंकको नाफा २७ प्रतिशतले बढ्यो

beemaadmin
२०८३ कार्तिक १५, शनिबार

काठमाडौं । एनएमबी बैंकले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो तीन महिनामा १ अर्ब १६ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिमा कमाएको ९१ करोड ६० लाख रुपैयाँको तुलनामा २७.११ प्रतिशतले बढी हो।

नाफामा भएको वृद्धिसँगै बैंकको वार्षिकीकरण गरिएको प्रतिशेयर आम्दानी (ईपीएस) पनि २५.४२ प्रतिशतले बढेर २३.८३ रुपैयाँ पुगेको छ। त्यस्तै, शेयरधनीलाई वितरण गर्न मिल्ने वार्षिकीकरण गरिएको प्रतिशेयर वितरणयोग्य नाफा ४३.८८ प्रतिशतले बढेर ११.६४ रुपैयाँ पुगेको बैंकले जनाएको छ।

Advertisement
Advertisement

समीक्षा अवधिमा बैंकको कर्जा तथा निक्षेप दुवैमा वृद्धि भएको छ। बैंकको कुल कर्जा ८ अर्ब ९ करोड रुपैयाँले बढेर २ खर्ब ७६ अर्ब ४ करोड रुपैयाँ पुगेको छ। त्यस्तै, कुल निक्षेप ६ अर्ब ३ करोड रुपैयाँले बढेर ३ खर्ब २४ अर्ब रुपैयाँ पुगेको छ। बैंकको कर्जा वृद्धिदर बैंकिङ उद्योगको औसतभन्दा माथि रहेको जनाइएको छ।

Advertisement
Advertisement

यस अवधिमा बैंकको खराब कर्जा अनुपात पनि सामान्य घटेको छ। अघिल्लो त्रैमासमा ४.९७ प्रतिशत रहेको खराब कर्जा अनुपात घटेर ४.९२ प्रतिशतमा झरेको छ।

बैंकको सञ्चालन नाफा २६.१७ प्रतिशतले बढेर १ अर्ब ८९ करोड रुपैयाँ पुगेको छ। सम्भावित कर्जा नोक्सानी व्यवस्थापनका लागि छुट्याइएको इम्पेयरमेन्ट चार्ज भने २९.६६ प्रतिशतले घटेर ५० करोड २१ लाख ८० हजार रुपैयाँ कायम भएको छ।

बैंकको पुँजी कोष अनुपात १२.५३ प्रतिशत रहेको छ। यसले बैंकको पुँजीगत अवस्थालाई प्रतिबिम्बित गर्ने बैंकको भनाइ छ।

सम्बन्धित समाचार