free website hit counter

एनएलजी इन्स्योरेन्सका हकप्रद शेयर मंसिर ११ देखि खुल्ने

beemaadmin
२०८१ कार्तिक २१, बुधबार

काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले हकप्रद शेयर बिक्री खुला गर्ने भएको छ । कम्पनीले १०ः६.२५६ को अनुपातमा प्रतिशेयर १०० रुपियाँ अंकित मूल्यका दरले ९६ करोड ३१ लाख २२ हजार २२ रुपियाँबराबरको ९६ लाख ३१ हजार २२०.२२ कित्ता हकप्रद शेयर जारी गर्न लागेको हो । हकप्रद शेयर निष्कासन मंसिर ११ गतेदेखि खुला भई पुस १ गते बैंकिङ समयपछि बन्द हुने कम्पनीले जनाएको छ । कप्रद निष्काशन प्रयोजनार्थ कात्तिक २७ गते कम्पनीले बुक क्लोज गर्नेछ । कात्तिक २६ गतेसम्म कायम शेयरधनीले मात्रै कम्पनीको हकप्रद शेयर खरिद गर्न पाउनेछन् । इच्छुक लगानीकर्ताले धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक लक्ष्मी सनराइज लिमिटेड, एनएजली इन्स्योरेन्सका केन्द्रीय तथा विभिन्न क्षेत्रीय कार्यालय, लक्ष्मी सनराइज बैंकका तोकिएका शाखा कार्यालय र सीआस्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयमार्फत आवेदन दिन सक्नेछन् । हकप्रद शेयर बाँडफाँटपपछि कम्पनीको चुक्ता पुँजी २ अर्ब ५० करोड २६ लाख ५७ हजार ९८२ रुपियाँ पुग्नेछ कम्पनीले जनाएको छ ।

सम्बन्धित समाचार

अमेरिकी डलरले बनायो नयाँ रेकर्ड

beemaadmin
२०८१ कार्तिक २२, बिहीबार

नेपाल पुनर्बीमा कम्पनी ११औँ वर्षमा

beemaadmin
२०८१ कार्तिक २१, बुधबार