free website hit counter

एनसेलले ग्राहकबाट ठगेको १ अर्ब ११ करोड रकम फिर्ता गर्न निर्देशन

beemaadmin
२०७८ भाद्र ५, शनिबार

काठमाडौं । नेपालमा व्यापार गर्ने तर कर तिर्नुको साटो शक्ति केन्द्रको भण्डार भर्ने एनसेलको बदमासी अहिलेको मात्रै होइन । दूरसञ्चार सेवा प्रदायकको नियामक निकायको रुपमा रहेको नेपाल दूरसञ्चार प्राधिकरणले एनसेल आजियाटालाई कारवाही गरेको छ ।ग्राहकको स्वीकृतिबिनै विभिन्न सेवा तथा प्याक स्वतः नवीकरण गरी आम्दानी गरेको एक अर्ब ११ करोड २९ लाख ७६ हजार बढी रुपैयाँ तीन महिना भित्र प्रयोगकर्तालाई उनीहरूको मोबाइल नम्बरमा फिर्ता गर्न निर्देशन दिएको हो ।

एनसेलले गेमलफ्ट, ह्वावे एप ग्यालरी जस्ता भ्यालु एडेड सेवा तथा प्याकहरु उपभोक्ताहरुको मन्जुरी नलिई अटो रिन्यु हुने गरी सञ्चालन गरेको र यसबाट आफूहरु समेत ठगिन पुगेको भनी विभिन्न माध्यमबाट प्राधिकरणमा उपभोक्ताहरुले गुनासो गरेका थिए । उक्त गुनासोका आधारमा प्राधिकरणले एक निरीक्षण समिति समेत गठन गरेको थियो ।

Advertisement
Advertisement

उक्त समितिले गरेको अध्ययनबाट गेमलफ्ट नामको भ्यालु सेवा अन्तरगत तीन दिन रिन्यु र साप्ताहिक रिन्यु का प्याकहरु २०७५ असोज १५ गतेदेखि २०७७ को जेठ १८ गतेसम्म सो सेवा सञ्चालन गरी ११ करोड ३७ लाख ४८ हजार ९८६ बराबर आर्जन गरेको थियो । यस्तै, ह्वावे एप ग्यालरी नामबाट २०७५ असोज १५ गतेदेखि २०७७ जेठ १८ गतेसम्म अटो रिन्यु हुने गरी ९९ करोड ९२ लाख १८ हजार ८६३ रुपैयाँ आर्जन गरेको छ ।

Advertisement
Advertisement

२०७५ असोज १५ गतेको पत्र मार्फत सो कम्पनीबाट सञ्चालित भ्यास अन्तरगतका सेवाहरु अटो रिन्यू हुने गरेको पाइएको भन्दै प्राधिकरणले सो सेवा बन्द गर्न निदेशन किन पालना नगरेको रु यसरी प्राधिकरणको निर्देशन पालना नगरेकोले दूरसञ्चार ऐन अनुसार किन कारवाही नगर्ने रु भनी मिति असार १७ गते स्पष्टिकरण सोधिएको थियो ।

त्यसका साथै २०७७ जेठ १८ पश्चात अटो रिन्युको विवरण १५ दिनभित्र प्रस्तुत गर्न प्राधिकरणले निर्देशन दिएको छ । अटो रिन्यु उक्त कार्य दूरसञ्चार ऐन २०५३ विपरित रहेको भन्दै कानुन बमोजिम ५० हजार जरिवाना गर्ने निर्णय समेत भएको छ ।

दूरसञ्चार क्षेत्रको नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणको गत सोमबारको बोर्ड बैठकले नियामक निकायको निर्देशन अवज्ञा गर्दै अटो रिन्यु गरिरहेको भन्दै यस्तो निर्णय लिएको हो ।

सम्बन्धित समाचार