free website hit counter

एभरेष्ट इन्स्योरेन्सको २७औं वार्षिक साधारण सभा सम्पन्न

beemaadmin
२०७९ बैशाख २२, बिहीबार

काठमाडौं । एभरेष्ट इन्स्योरेन्स कम्पनीको २७औं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।उक्त सभा अग्रवाल भवन, कमलपोखरी काठमाडौंमा सम्पन्न भएको कम्पनीले जनाएको छ । सभाले आर्थिक वर्ष २०७७–७८ को मुनाफाबाट ६ प्रतिशतका दरले बोनश शेयर र बोनस शेयरको कर प्रयोजनका लागि ० दशमलव ३१५८ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव पारित गरेको छ ।

सभाले संचालक समितिको तर्फाट अध्यक्षले प्रस्तुत गर्ने आर्थिक वर्ष २०७७–७८ को लेखा परीक्षक गर्न बाह्य लेखापरीक्षको नियुक्ती तथा पारीश्रमिक निर्धारण गर्ने, वर्तमान लेखापरीषक श्री एम जि एस एण्ड एसोशिएट्स चार्टर्ड एकाउन्टेन्ट्स पुन नियुक्ती हुन योग्य रहेको प्रस्ताव पारित गरेको छ । साथै, सभाले संस्थापक शेयरधनी समुह क बाट प्रतिनिधित्व गर्ने ३ जना र सर्वसाधारण शेयरधनी समुह ख बाट २ जना संचालकको निर्वाचन गर्ने प्रस्ताव पारित गरेको छ ।
सभाले कम्पनीको अधिकृत पूँजी बृद्धि गरी ३ अर्ब पुर्याउने सम्बन्धी प्रस्ताव पारित गर्नेछ । निर्जीवन बीमा व्यवसाय गर्ने उपयुक्त कम्पनीसँग गाभ्ने गाभिने वा प्राप्ती गर्ने सम्बन्धी संचालक समितिलाई दिइएको सम्पुर्ण अधिकारलाई निरन्तरता दिने प्रस्ताव पनि पारित गरेको छ ।
त्यसैगरी कम्पनीको प्रबन्धपत्र र नियमावलीमा गरिने संशोधन थप उपर नियमनकारी निकाय वा कार्यालयबाट प्राप्त हुने निर्देशन बमोजिम प्रबन्धपत्र र नियमावलीमा आवश्यक संशोधन तथागरेको छ । साथै कम्पनी ऐन २०६३ को दफा १०५ को १ (ग) बमोजिम आर्थिक वर्ष २०७७–७८ को चन्दा तथा सामाजिक उत्तरदायित्व शिर्षक अन्तर्गत भएको खर्च अनुमोदन गर्ने लगायतका प्रस्ताव पारित गरेको छ ।

सम्बन्धित समाचार