free website hit counter

एलआइसी नेपालको साधारणसभा सम्पन्न

beemaadmin
२०७८ फाल्गुन ११, बुधबार

काठमाडौं । अग्रणी जीवन बीमा कम्पनी लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपालको १९औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । साधारणसभाले सञ्चालक समितिले प्रस्ताव गरेको २० प्रतिशत बोनस शेयर र १.०५२६ प्रतिशत नगद लाभांश पारित गरेको छ ।
भर्चुअल माध्यमबाट विहान ११ बजेदेखि सञ्चालन भएको साधारणसभामा सञ्चालक समितिको तर्फबाट अध्यक्ष एमआर कुमारले अघिल्लो आर्थिक वर्ष २०७६–७७ को वार्षिक प्रतिवेदन पेश गरेका थिए । सभाले अध्यक्ष कुमारद्धारा प्रस्तुत वार्षिक प्रतिवेदन पारित गर्नुका साथै लेखापरिक्षकको प्रतिवेदन सहित आर्थिक वर्ष २०७६–७७ को वासलात, आय व्यय र सोही अवधिको नगद प्रवाह लगायतका विवरणमाथि छलफल गरी पारित गरेको छ ।
सभाले लेखापरीक्षण समितिको प्रस्तावित आर्थिक वर्ष २०७७र ७८ को लागि लेखापरिक्षकको नियुक्ती गर्ने र नीजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गरेको छ । आज पारित भएको लाभांश गत माघ २३ गतेसम्म कायम शेयरधनीहरुले प्राप्त गरेका छन् । सभाले संस्थापक शेयरधनीको आफ्नो स्वामित्वमा रहेको कुल १० प्रतिशत संस्थापक शेयरलाई सर्वसाधारण शेयरमा परिवर्तन गर्ने र सोही अनुसार प्रबन्धपत्र र नियमावलीमा आवश्यक संशोधन गर्ने, बोनश शेयर पछि कायम हुने पूँजी बृद्धिका सम्बन्धमा प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने प्रस्ताव पारित गरेको छ ।

सम्बन्धित समाचार

आइएमई लाइफको सिइओमा खड्का नियुक्त

beemaadmin
२०८१ मंसिर १४, शुक्रबार

काठमाडौँमा शुरु भयो रविको बयान

beemaadmin
२०८१ मंसिर १४, शुक्रबार