काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपालले आफ्ना बीमितको असामयिक निधनपछि आश्रित परिवारलाई मृत्युदाबी भुक्तानी हस्तान्तरण गरेको छ । कम्पनीको दमौली शाखाले बीमितको परिवारलाई मृत्यु दाबी भुक्तानी गरेको छ । शुक्लागण्डकी नगरपालिका–२ गाछेपानीका स्वर्गीय प्रेमचन्द्र पुनको परिवारलाई मुत्यु दाबी भुक्तानी गरेको हो ।
पुनको श्रीमती चममायालाई एलआईसी नेपालका गण्डकी प्रदेश प्रमुख श्रीखण्ड श्रेष्ठ र दमौली शाखा प्रमुख सुदिप ज्ञवालीले बीमा वापतको २३ लाख १ हजार १ सय ९० रुपैयाँ भुक्तानी गरेका हुन् । पुनको गत जेठ २० गते ४५ बर्षको उमेरमा निधन भएको थियो । उनले एलआईसीमा २० लाख ५० हजार रुपैयाँको जिवन बीमा गरेका थिए । दुई किस्तामा दुई लाख ९७ हजार ४४ रुपैयाँ कम्पनीलाई भुक्तानी गरेका थिए ।
कार्यक्रममा बोल्दै एलआईसी नेपालका गण्डकी प्रदेश प्रमुख श्रीखण्ड श्रेष्ठले जीवन बीमाले मृत्युपछि पनि परिवारलाई आर्थिक रुपमा सहज हुने बताए । व्यक्तिले कमाएको ३० देखी ४० प्रतिशत सम्म बीमामा लगानी गर्दा राम्रो हुने बताए ।