free website hit counter

एलआईसी नेपालको ७७औँ शाखा झापाको बुधवारेमा सञ्चालन

beemaadmin
२०८३ कार्तिक १४, शुक्रबार

काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेसन (नेपाल) लिमिटेडले झापाको बुधवारेमा ७७औँ शाखा सञ्चालनमा ल्याएको छ। कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रणय कुमारले नयाँ उपशाखा कार्यालयको उद्घाटन गरेका हुन्।

उद्घाटन कार्यक्रममा कोशी प्रदेश प्रमुख स्वर्णलाल कर्ण, शाखा प्रमुख उमेश सिटौला तथा बिर्तामोड शाखा प्रमुख ज्योति पौडेललगायतको उपस्थिति थियो।

Advertisement
Advertisement

कम्पनीले चालु आर्थिक वर्षमा थप पाँचवटा उपशाखा सञ्चालनमा ल्याउने जनाएको छ। हाल कम्पनीले सावधिक, अग्रिम भुक्तानी, आजीवन र म्यादीसहित २० प्रकारका बीमा योजना सञ्चालन गर्दै आएको छ। नयाँ उपशाखाबाट स्थानीय ग्राहकलाई सहज रूपमा बीमा सेवा उपलब्ध हुने कम्पनीको अपेक्षा छ।

Advertisement
Advertisement

सम्बन्धित समाचार