free website hit counter

एलआईसी नेपालले संकलन गर्यो ७ करोड बीमाशुल्क

beemaadmin
२०७६ माघ १६, बिहीबार

काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपालले चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा ७ करोड ६९ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ। यस्तै दोस्रो त्रैमाससम्ममा कम्पनीको बीमा कोषमा ६१ अर्ब ८४ करोड ५६ लाख रुपैयाँ सञ्चित रहेको छ।

एलआईसी इण्डिया तथा एलआईसी नेपाल दुई छुट्टा छुट्टै कम्पनीहरु भएकोले सम्बन्धित मुलुकको ऐन नियम अनुसार सञ्चालित रहेको कम्पनी भएको भन्दै  कम्पनीको बिषयमा भ्रमक समचारका पछाडि नलाग्न समेत कम्पनीले आग्रह गरेको छ ।  एलआईसी इण्डियाको कुनै पनि दायित्वले एलआईसी नेपाल माथि कुनै प्रकारको असर नगर्ने कम्पनीले स्पष्ट पारेको छ।

Advertisement
Advertisement

एलआईसी नेपालको स्थापना तत्कालिन कम्पनी ऐन, २०५३ अनुसार स्थापना भई बीमा समितिबाट जीवन बीमा व्यवसाय सञ्चालनको अनुमति प्राप्त गरी कम्पनीले २०५८ भदौ १६ गते देखि आफ्नो व्यवसाय सञ्चालन गर्दै आईरहेको छ।

Advertisement
Advertisement

एलआईसी नेपालमा भारतीय जीवन बीमा निगम (एलआईसी अफ इन्डिया) को ५५ प्रतिशत, विशाल ग्रुपको २५ प्रतिशत र सर्वसाधारण लगानीकर्ताहरुको २० प्रतिशत शेयर लगानी रहेको छ।

सम्बन्धित समाचार