free website hit counter

एविजय लघुवित्तले डाक्यो साधारणसभा

beemaadmin
२०८१ असार १०, आईतवार

काठमाडौं । विजय लघुवित्त वित्तीय संस्था लिमिटेडले १५औं वार्षिक साधारणसभा डाकेको छ । सभा, असार ३० गते धुलिखेल लज रिर्सोट काभ्रेपलान्चोकमा बिहान ११ बजे बस्नेछ । कम्पनीले यसअघि नै गत आर्थिक वर्षको मुनाफबाट शेयरधनीलाई लाभांश वितरण नगर्ने निर्णय गरिसकेको छ । सभाले गत आवको वार्षिक र लेखापरीक्षकको प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाहलगायतका वित्तीय विवरणहरू छलफल गरी पारित गर्नेछ । साथै, सभाले थप सार्वजनिक निष्कासन ९एफपीओ० गर्ने, प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने र सञ्चालक समितिलाई अख्तियारी दिने विशेष प्रस्ताव पारित गर्नेछ । चालू आवका लागि लेखापरीक्षक नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण, सञ्चालक समितिमा संस्थापक समूह ‘क’ बाट चार जना र सर्वसाधारण समूह ‘ख’ बाट दुई जना सञ्चालकको नियुक्ति तथा संस्थाको सञ्चालक समितिबाट भएको स्वतन्त्र सञ्चालकको नियुक्तिलाई सभाले अनुमोदन गर्नेछ । सभा प्रयोजनार्थ कम्पनीले असार १७ देखि ३० गतेसम्म बुक क्लोज गर्ने भएको छ । तसर्थ, असार १६ गतेसम्म कायम शेयरधनी मात्रै सभामा उपस्थित हुन पाउनेछन् ।

सम्बन्धित समाचार