free website hit counter

एशियन लाइफको ५ लाख १४ हजार कित्ता सेयर बिक्रीमा

beemaadmin
२०८१ आश्विन ११, शुक्रबार

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनीले संस्थापक सेयर बिक्री गर्ने भएको छ । कम्पनीले संस्थापक सेयरधनीहरूको स्वामित्वमा रहेको सेयर बिक्रीमा राखेको हो । कम्पनीका अनुसार संस्थापक सेयरधनीहरूले आफ्नो स्वामित्वमा रहेको ५ लाख १४ हजार ४६५ कित्ता सेयर बिक्रीमा राखेका हुन् । उक्त सेयरमा विद्यमान संस्थापक सेयरधनीले मात्रै आवेदन दिन पाउनेछन् । संस्थापकले ३५ दिनभित्र उक्त सेयरका लागि आवेदन दिनुपर्नेछ । यदि संस्थापकले खरिद नगरेमा सर्वसाधारण लगानीकर्तालाई बिक्री खला गरिने कम्पनीले जनाएको छ ।

सम्बन्धित समाचार