free website hit counter

एशियन लाइफ इन्स्योरेन्सको शेयरमा बोलपत्र पेश गर्ने अवधि थप

beemaadmin
२०८२ भाद्र २९, आईतवार

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्सले भदौ २२ गतेदेखि लिलाम बढाबढ प्रक्रियामार्फत बिक्रीमा ल्याएको अवितरित हकप्रद शेयरमा बोलपत्र पेश गर्ने अवधि थप गरेको छ। इन्स्योरेन्सको लिलामी शेयरमा अब असोज ५ गतेसम्म बोलपत्र पेश गर्न सकिनेछ। हाल मुलुकमा देखिएको विषम परिस्थितिलाई मध्यनगर गरी अवधि थप गरेको इन्स्योरेन्सले बताएको छ। इन्स्योरेन्सले गत असार २५ गतेदेखि साउन २० गतेसम्म १ बराबर ०।४२ अनुपातमा निष्काशन गरेको हकप्रद शेयरमा आवेदन नपरेको शेयर बिक्री गरेको हो। इन्स्योरेन्सले संस्थापक समूहतर्फबाट ३० हजार ३८.५७ कित्ता र सर्वसाधारण समूहतर्फको ३ लाख २८ हजार ४७३.९१ कित्ता लिलाम बिक्रीमा ल्याएको हो। शेयरको न्यूनतम मूल्य १०० रुपैयाँ तोकिएको छ। लगानीकर्ताले सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्नुपर्नेछ। बोलपत्र पेश गर्दा संस्थापकतर्फ न्यूनतम १ हजार कित्ता र सर्वसाधारणतर्फ न्यूनतम १०० कित्ता शेयरका लागि आवेदन दिनुपर्नेछ। अधिकतम संख्यामा भने कुनै हद तोकिएको छैन। इन्स्योरेन्सको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले बिक्री प्रबन्धकका साथै मुक्तिनाथ विकास बैंकका ठिमी–भक्तपुर, कुमारीपाटी–ललितपुर, बिर्तामोड, विराटनगर, विरगंज, जनकपुर, हेटौँडा, नारायणगढ, चिप्लेढुङ्गा–पोखरा, बाग्लुङ्ग, बुटवल, घोराही–दाङ, नेपालगंज, विरेन्द्रनगर, धनगढी र महेन्द्रनगर शाखा कार्यालयबाट बोलपत्र पेश गर्न सक्नेछन्।

सम्बन्धित समाचार

रास्वपाको यात्रा दुई–तिहाइतर्फ

beemaadmin
२०८२ फाल्गुन २३, शनिबार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार