free website hit counter

एसियन लाइफको खुद बीमा शुल्क ३ अर्ब ३९ करोड

beemaadmin
२०७८ फाल्गुन १, आईतवार

काठमाण्डौ । एसियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा ३ अर्ब ३९ करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। जुन गत वर्षको सोही अवधिसम्मको तुलनामा ८.२२ प्रतिशतले बढी हो। गत वर्ष यही अवधिसम्म कम्पनीले ३ करोड १३ करोड रुपैयाँ बीमाशुल्क आर्जन गरेको थियो। समीक्षा अवधिसम्म कम्पनीले लगानी, कर्जा तथा अन्यबाट हुने आयबापत १ अर्ब १ करोड रुपैयाँ आर्जन गरेको छ। गत वर्ष यही अवधिसम्म यस्तो आय ९५ करोड ७५ लाख रुपैयाँ थियो।
समीक्षा अवधिसम्म कम्पनीले ७६ करोड ८४ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ। गत वर्ष यही अवधिसम्म कम्पनीले ४२ करोड ४६ लाख खुद दाबी भुक्तानी गरेको थियो। समीक्षा अवधिमा दाबी भुक्तानी ७९.६९ प्रतिशतले बढेको छ।

समीक्षा अवधिमा कम्पनीको खुद नाफा १८.०७ प्रतिशतले घटेको छ। गत वर्ष यही अवधिमा १७ करोड ६० लाख नाफा आर्जन गरेकोमा समीक्षा अवधिमा घटेर १४ करोड ४२ लाख रुपैयाँ सीमित बनेको छ। कम्पनीको व्यवस्थापन खर्च ७।०३ प्रतिशतले वृद्धि २४ करोड ४८ लाख रुपैयाँ पुगेको छ। गत वर्ष यही अवधिमा कम्पनीको व्यवस्थापन खर्च २२ करोड ८७ लाख रुपैयाँमा सीमित थियो।

कम्पनीको जीवन कोषको आकार बढेर २९ अर्ब ३७ करोड रुपैयाँ पुुगेको छ। गत वर्ष यही अवधिमा जीवन बीमा कोषमा २४ अर्ब ७१ करोड रुपैयाँ रहेको थियो। गत वर्ष यही अवधिमा ७२ करोड ३१ लाख रुपैयाँ रहेको कम्पनीको जगेडा तथा कोषको आकार बढेर ९६ करोड ३२ लाख रुपैयाँको उचाइमा पुुगेको छ। दोस्रो त्रैमाससम्ममा कम्पनीको कुल कायम बीमालेखको संख्या ३ लाख ४५ हजार १८९ रहेको छ। गत वर्ष यही अवधिमा यस्तो संख्या ३ लाख ९ हजार ६१० थियो। कम्पनीको वार्षिकीकरण प्रतिसेयर आम्दानी (ईपीएस) १४.३५ रुपैयाँ, पीई अनुपात ९०।५४ गुणा र प्रतिसेयर नेटवर्थ १५३.८१ रुपैयाँ रहेको छ ।

सम्बन्धित समाचार

सुनको मूल्य तोलामा ३८ सयले बड्यो

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार

यस वर्षको बजेटमा बीमा उपेक्षित नहोस्

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार

समानुपातिकमा यस्तो छ दलहरुको अवस्था

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार