free website hit counter

ओरालो लाग्न गाह्रो मान्ने सुनको भाउ

beemaadmin
२०७७ भाद्र ७, आईतवार

काठमाडौं । उकालो लाग्दो हजार, दुई हजार, तीन हजार जाने सुनको भाउ ओरालो लाग्दा दुई सय र चार सयमा झर्छ । साताको पहिलो दिन आज आइतबार सुनको त्यस्तै पारामा घटेको छ । शुक्रबार तोलाको ९८ हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ आज तोलामा ४ सय रुपैयाँले घटेर प्रतितोला ९८ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै, तेजावी सुनको मूल्य पनि प्रति तोला ४ सयले नै घटेर ९७ हजार ९ सय रुपैयाँमा कारोबार भएको छ । चाँदी भने तोलामा ३५ रुपैयाँले घटेर प्रतितोला १३ सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ ।

सम्बन्धित समाचार

सुनको मूल्य तोलामा ३८ सयले बड्यो

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार

यस वर्षको बजेटमा बीमा उपेक्षित नहोस्

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार

समानुपातिकमा यस्तो छ दलहरुको अवस्था

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार