free website hit counter

ओलीमाथि पर्यो राजीनामाको दबाव, माधव र प्रचण्डको दौडधूप शुरु

beemaadmin
२०७७ फाल्गुन १२, बुधबार

काठमाडौं । संसद पुनस्र्थापित भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजीनामा गराउने दबाव पार्टी भित्रैबाट बढेको छ । सर्वोच्च अदालतले संसद पुनर्स्थापनाको फैसला गरेसँग प्रधानमन्त्री केपी शर्मा ओलीमाथि राजीनामा गर्न दबाव परेको हो । राजनीतिक दलका नेता, नागरिक समाजदेखि कानुन व्यवसायीसम्मले ओलीको राजीनामा माग गरिरहेका छन् । सर्वोच्चको फैसला अनुसार अब १२ दिनमा नै प्रधानमन्त्रीको सिफारिसमा संसदको अधिवेशन बोलाउन सिफारिस गर्नुपर्छ । उनीमाथि त्यस अगाडि नै राजीनामा गर्न दबाव छ । सर्वोच्चको फैसलासँगै पूर्वसभामुख सुवास नेम्वाङसहितका नेताहरुले अदालतको फैसला आफूहरुले मान्ने बताउँदै पहिला नै प्रधानमन्त्रीलाई प्रतिनिधिसभा भंग नगर्न सल्लाह दिएको सार्वजनिक अभिव्यक्ति उनीहरुले दिन थालेका छन् ।
यति मात्र होइन, सरकारका मन्त्रीहरुले नै अब नैतिक रुपमा सरकारमा बस्न नमिल्ने बताइरहेका छन् । ओलीले संसद भंग गरी निर्वाचनमा जाने निर्णयलाई सर्वोच्चले उल्टाइसकेकाले प्रधानमन्त्री नैतिक रुपमा राजीनामा दिनुपर्ने माग सर्वत्र छ । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नैतिकताको आधारमा ओलीलाई राजीनामा दिन भनेका छन् । नेकपाको दुवै समूहमा नलागी तटस्थ बसेका वरिष्ठ नेता वामदेव गौतमले प्रधानमन्त्रीको राजीनामा माग गरेका छन् ।
त्यसैगरी विवेकशील साझा पार्टीले संसद पुनर्स्थापना गर्ने सर्वोच्चको फैसलाको स्वागत गदै राष्ट्रपति विद्यादेवी भण्डारी र ओलीको राजीनामा माग गरेको छ । त्यसैगरी नेकपामा अन्य वरिष्ठ नेताहरुले समेत प्रधानमन्त्रीको राजीनामा माग गरेका छन् । त्यसैगरी नेपाली कांग्रेसका नेताहरुले समेत प्रधानमन्त्रीको राजीनामा माग गरेका छन ।

बुढानीलकण्ठ पुगे प्रचण्ड र माधव नेपाल
नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेट्न उनकै निवासमा पुगेका छन् । बुधबार दिउँसो प्रचण्ड र मधवकुमार नेपाल बुढानीलकण्ठस्थित उनको निवासमा पुगेका हुन् । उनीहरुबीच सर्वोच्च अदालतले संसद विघटन बदर गरिदिएपछिको अवस्थाबारे छलफल भएको छ ।

सम्बन्धित समाचार